मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
‘ल आमा अझ थप औषधी लेखिदिएको छु ।’
प्रिस्क्रिप्सनमा औषधीको नाम लेख्दै उनीतिर बढाएँ । प्रिस्क्रिप्सन हातमा लिँदै एकटकले हेरिरहिन् ।
‘चिन्ता नलिनुस् आमा बुढेसकालको रोग हो, अलिअलि तलमाथि त भइहाल्छ नि । नियमित औषधी सेवन गर्नुस् खानपिनमा ध्यान दिनुस् सब ठिक हुन्छ ।’ उनको मुहारमा चिन्ताको रेखा कोरिएको देखेर सान्त्वना दिँदै भने ।
‘कति जति पर्ला बाबु यो ओखतीको ?’ सुस्तरी सोधिन् ।
औषधीको अन्दाजी दाम बताएपछि उनको चाउरिएको नेत्र झन् तन्कियो । थरथराउँदो स्वरमा भनिन् –
‘डाक्टर बाबु ओखतीको दाम धान्नै गाह्रो हुन थाल्यो, बरू यो मृत्युको दाम चाहिँ कति होला ?’
वि.सं.२०८१ मंसिर २९ शनिवार ०५:३४ मा प्रकाशित