back
CTIZAN AD

लघुकथा : मृत्युको मूल्य

वि.सं.२०८१ मंसिर २९ शनिवार

1.6K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

‘ल आमा अझ थप औषधी लेखिदिएको छु ।’

प्रिस्क्रिप्सनमा औषधीको नाम लेख्दै उनीतिर बढाएँ । प्रिस्क्रिप्सन हातमा लिँदै एकटकले हेरिरहिन् ।

‘चिन्ता नलिनुस् आमा बुढेसकालको रोग हो, अलिअलि तलमाथि त भइहाल्छ नि । नियमित औषधी सेवन गर्नुस् खानपिनमा ध्यान दिनुस् सब ठिक हुन्छ ।’ उनको मुहारमा चिन्ताको रेखा कोरिएको देखेर सान्त्वना दिँदै भने ।

‘कति जति पर्ला बाबु यो ओखतीको ?’ सुस्तरी सोधिन् ।

औषधीको अन्दाजी दाम बताएपछि उनको चाउरिएको नेत्र झन् तन्कियो । थरथराउँदो स्वरमा भनिन् –

‘डाक्टर बाबु ओखतीको दाम धान्नै गाह्रो हुन थाल्यो, बरू यो मृत्युको दाम चाहिँ कति होला ?’

 

 

वि.सं.२०८१ मंसिर २९ शनिवार ०५:३४ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...