back
CTIZAN AD

गजल

वि.सं.२०८१ मंसिर २९ शनिवार

1.5K 

shares

किशोर कोइराला, इनरुवा, सुनसरी

रातमा सल्कियो दियो सायद
तेल आफैँ छचल्कियो सायद

हर प्रहर छट्पटाउँने आँखा
आँसु झार्दैछ निथ्रियो सायद

बढ्छ धडकन त्यसै विरानीमा
सम्झना फेरि बल्झियो सायद

छैन घर आँगनी लिलामी भो
नागरिकता निसासियो सायद

पोखिदैछन् व्यथा सिरानीमा
भित्र मन पिल्सिँदै थियो सायद

बहर-खफीफ मुसद्दस मखबून महजूफ
अर्कान – फाइलातुन मफाइलुन् फैलुन्
वजन – २१२२ – १२१२ – २२
काफिया : इयो
रदिफ : सायद

वि.सं.२०८१ मंसिर २९ शनिवार ०५:३३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...