back
CTIZAN AD

गजल

वि.सं.२०८१ मंसिर २९ शनिवार

777 

shares

कुमार अविरल, महाङ्काल, ललितपुर

गर्छु विश्वास जसको ऊ इमान्दार छैन
लाग्छ मान्छेहरू स्वार्थी भए प्यार छैन

सक्छ कसले गरिबको वेदना बुझ्नलाई
नाप्न सक्ने दुखीको दुःख औजार छैन

दिन्छ कसले यहाँ माया र ममता मलाई
बाबु आमा विनाको अर्को संसार छैन

जातका धर्मका गर्छन् कुरा युद्ध लड्ने
बिर्सिए देश आफ्नो आज संस्कार छैन

जिन्दगीको भरोसा छैन टुङ्गिन्छ कहिले
लाग्छ बेकार जीवन बाँच्न आधार छैन

आश जसको गरेँ टुट्यो उसैको भरोसा
जिन्दगीमा तिमी बाहेक अरू सार छैन

बहर : कुरेशी
अर्कान : फाइलातुन फऊलुन् फाइलातुन फऊलुन्
अर्कान-२१२२-१२२ / २१२२-१२२

 

वि.सं.२०८१ मंसिर २९ शनिवार ०५:३१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...