back
CTIZAN AD

गजल

वि.सं.२०८१ मंसिर २९ शनिवार

915 

shares

कुमार थापा
निजगढ, बारा हाल-भारत

भएँ रोगी गलेँ साह्रै गरूँ के आस जीवनमा
भनेजस्तो भएनन् दैनिकी उल्लास जीवनमा

सफल होस् जिन्दगी भन्ने ,थियो इच्छा खुबै मेरो
अझै पौरख भनेजस्तो गरूँ के खास जीवनमा

हुँदा कमजोर मेरो देह,ताना सुन्छु मुटु छेड्ने
टुटेछन् आज आफैँभित्र नै विश्वास जीवनमा

दुखी मनको कुरा बुझ्ने दया सागर कुनै छैनन्
बढेका छन् हिजो भन्दा अझै सन्त्रास जीवनमा

ढले दैनन्दिनी मेरा गले जोर्नीहरू साह्रै
अहंकारी बनेँ व्यर्थै भयो वनबास जीवनमा

बहर – हजज मुसम्मन सालिम
अर्कान – मुफाईलुन् मुफाईलुन् मुफाईलुन् मुफाईलुन्
वजन : १२२२ १२२२ १२२२ १२२३
काफिया -आस
रदिफ -जीवनमा
अभ्यास – परिश्रमी पाठशाला (बहर छन्दशाला )

वि.सं.२०८१ मंसिर २९ शनिवार ०५:३० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...