back
CTIZAN AD

लघुकथा : कालोखत

वि.सं.२०८१ मंसिर २९ शनिवार

1.3K 

shares

बाबुराम न्यौपाने ‘उत्स’ दमक, झापा

ऊ ! मेरो बालसखा । हामीले सँगसँगै स्नातक सम्मको शिक्षा आर्जन गर्यौँ । ऊ, राजनीतितिर लाग्यो ३ म खाडी देशतिर लागेँ । सुरु सुरुमा त हामीबीचमा बाक्लै फोन सम्पर्क हुन्थ्यो तर पछि विस्तारै पातलियो । विदेशमा अनेक हण्डरहरू सहँदै मेरो पाँच बर्ष बित्यो। म स्वदेश फर्किएँ ।

विदेश बसाइ उपलब्धिमूलक हुन सकेन । सोचेँ राजधानीमा भएको बालसखालाई भेटेर जाऊँ । फोन गरेर, उसको ठेगाना मागेँ ।

तर उसले भन्यो, ‘तँ कहाँ छस्। म आफै लिन आउँछु ।’, केहीबेरमै ऊ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रतीक्षालयमा आइपुग्यो । ख्याउटे साथी अब त मोटोघाटो तन्दुरुस्त भएछ । भेटको खुशीमा मेरो मन लालीगुराँस फूल जस्तै ढकमक भएर फुल्यो ।

साथीले चलाएको चिल्लो गाडी एउटा भव्य भवनको गेटमा पुग्यो । गार्डले अदबसाथ सलाम ठोके। उसले गाडी ग्यारेजमा राख्यो। म उसको पछिपछि लागेँ ।

‘यो घर बनाउन ठ्याकै दुई बर्ष लाग्यो,साथी । बल्ल अब कम्प्लिट गरेँ । झण्डै पाँच करोड खर्च भयो ।’, सुनेर म चकित भएँ । उसका अपत्यारिला कुरा सुनेर मेरो मुखबाट अनायास प्रश्न फुस्कियो ,‘यति छोटो समयमा, यत्रो पैसा तैंले कसरी कमाइस् ?’
ऊ, मुसुक्क मुस्कुरायो । मलाई एकछिन गडेर हेर्यो । तर मेरो प्रश्नको उसले सिधा उत्तर दिएन ।

ऊ !! आँखा चम्काएर भन्दै थियो,
‘म पाँच बर्षमा पालैपालो तीनजना प्रभावशाली मन्त्रीको पिए बनिसकेँ।सिधा औंलाले घीउ आउँदैन रहेछ, साथी ।’

मलाई वाक्वाकी आउला जस्तो भयो । महलको चारै दिशाबाट आएको एककिसिमको दुर्गन्धले खपिनसक्नु भयो । म हतारहतार शीशमहलबाट बाहिरिएँ ।
मभित्र एउटा भयंकर प्रश्न उब्जियो ।
‘यसले आफ्नू निधारमा कालोधनले डामेको कालोखत कालोधनकै दूषित पानी छर्किएर मेट्ने भयो ।’

वि.सं.२०८१ मंसिर २९ शनिवार ०५:२९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...