back
CTIZAN AD

नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण

वि.सं.२०८१ पुस ५ शुक्रवार

666 

shares

काठमाडौं । सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो । हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल चार सय २५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । मन्त्रालयले अस्पताल नभएका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो । “सतचालिस स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा ८४ स्थानीय तहमा रु चार अर्ब ४३ करोड पठाइसकेका छौँ”, अधिकृत खड्काले भने ।

सरकारले पहिलो चरणमा तीन सय ९६ र दोस्रो चरणमा दुई सय ६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो । केही पालिकामा जग्गा विवाद र राजनीतिक कारण निर्माण कार्य अघि बढ्न सकेको छैन । सरकारले तीन सय ९६स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित गरिसकेको छ । दुई सय ६१ पालिकामा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चत भएको छैन ।

“स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैले अस्पताल बनाइरहेका छन् । सिन्धुपाञ्चोकको सुनकोसी गाउँपालिका आफैले अस्पताल भवन बनाएको छ”, अधिकृत खड्काले भने । उनका अनुसार अहिलेसम्म तीन सय ९६ पालिकामा अस्पताल बनाउन रु ५१ अर्ब ८४ करोड ५५ लाख र दुई सय ६१ पलिकाका लागि रु तीन अर्ब २० करोड विनियोजन गरिएको छ । विसं २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका तहमा पाँच, १० र १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरेका थिए । त्यही अनुसार ८० पालिकामा पाँच श्ययाको, एक सय ५४ पालिकामा १० श्यया तथा चार सय २३ पालिकामा १५ श्ययाका अस्पताल निर्माण गर्न थालिएको हो ।

सरकारले पाँच श्ययाका लागि रु सात करोड ११ लाख ९८ हजार, १० श्ययाका लागि रु १० करोड ८३ लाख ३६ हजार र १५ श्ययाका लागि रु १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको छ । रासस/सांकेतिक फोटो

 

वि.सं.२०८१ पुस ५ शुक्रवार १२:५४ मा प्रकाशित

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...