विदुर अधिकारी,रामपुर,चितवन
नकल गरी नबस परी
नयन तरी नगरभरि
छर न कला मृदुल पला
नबन छली बन न भला
(१)
अनुपम त्यो वदनभरि
अधिक खुसी सहज धरी
प्रियजनमा नमन गरी
बस न उषा प्रणय भरी
(२)
झरझर झर्दछ झरना
खुरुखुरु फुर्दछ सृजना
तर छु दुखी प्रणयविना
बुझ मन यो प्रिय जमुना
(३)
अति भर लाग्दछ प्रियको
तर मनमा डर किन भो
बुझ न प्रिया मनन गर
मृदु पिरती अधिक छर
(४)
सहज जुटौँ घरजममा
प्रणय भरौँ पल पलमा
सकल हरौँ भय प्रियसी
सृजन गरौँ अब त सखी
(५)
छन्द – त्वरितगति
गण -न ज न गु
सङ्केत -lll lSl lll S
विश्राम – ५ अक्षरमा
वि.सं.२०८१ पुस ६ शनिवार ०५:३५ मा प्रकाशित






























