back
CTIZAN AD

गजल

वि.सं.२०८१ पुस ६ शनिवार

1.2K 

shares

सत्यराज जोशी “पङ्कज”
बेलौरी, कञ्चनपुर

के प्रेमवस्त्र भन्छौ कात्रो लगाउँदै छु
आफ्नो निमित्त आफै चौको सजाउँदै छु

उपहार उसको खाली पाना थियो त्यसैमा
सम्झेर रूप उसैको तस्बिर बनाउँदै छु

कालो भ्रमर थुँगामा हाबी हुँदै छ भन्छन्
उसकै निमित्त अहिले ओषध छिटाउँदै छु

जुन फूल मेरो लागि उम्री हराभरा भो
त्यै फूल रोप्नलाई बारी पन्याउँदै छु

लज्जा सबै हराई घुम्छ्यौ अरे सडकमा
साह्रै दरिद्र रहिछ्यौ पहिरन पठाउँदै छु

बहर -मुजारे मुसम्मन अखरब
वजन -२२१ २१२२ २२१ २१२२
काफिया -आउँदै
रदिफ – छु

वि.सं.२०८१ पुस ६ शनिवार ०५:३८ मा प्रकाशित

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

गजल

गजल

कपिल किशोर घिमिरे, दाङ मेरी पियारी नजिक आइन् निकै सुस्तरी...

गजल

गजल

‌राजेन्द्रकुमार बज्राचार्य, काठमाडौँ भावनाभित्र माया पनि हुन्छ सायद अश्रु बग्दा...