दुर्गा अधिकारी भमरकोटे
कपन, काठमाडौं
१.
सफा खुनमा
महत्त्व छ दाँतको
स्वस्थ हुनमा ।
२.
दाँत माझेर
राखौं स्वास्थ शरीर
हुन्न भागेर ।
३.
दन्तमन्जन
नाश गर्ने किटाणु
गर प्रयोग ।
४.
गेट साफ त
भन्छन् हाम्रा डाक्टर
पेट साफ छ ।
५.
दन्त समस्या
देखाउनु डाक्टर
चाँडो अवश्य ।
६.
सफा दाँतले
खानेकुरा नखाए
मर्छन् घातले ।
७.
पानी पिउनु
दाँत सफा राखेर
स्वस्थ जिउनु ।
८.
दाँत झरेर
हेलाँ गर्छ दुनियाँ
थोते भनेर ।
९.
पाउँछौ दुःख
दाँत स्वास्थ नभए
बन्छौ कुरुप ।
१०.
रोग छुँदैन
स्वास्थ दाँत देखाऊ
लाज हुँदैन ।
वि.सं.२०८१ पुस ६ शनिवार ०५:३९ मा प्रकाशित






























