डा.ठाकुर मोहन श्रेष्ठ, काठमाडौं
धन हुनेले ढुङ्गोमा दुध खन्याउँदै होला
जो गरिब छ ऊ भोकै दिन कटाउँदै होला
जेलको चिसो सम्झी त्रासमा पर्यो भ्रष्ट
रातमा लुकी रक्सी झन् चढाउँदै होला
आत्म ज्ञान हो शक्ति राजकाज मिल्नेछ
मूर्ख जो छ चिन्ताले छट्पटाउँदै होला
खास राज छोपेरै राख काम लाग्नेछ
ख्याल गर्नु दुस्मनले बल लगाउँदै होला
छट्टु स्यालको चाला बाघको छ छालामै
छन् भनी सिधा मान्छे ऊ रमाउँदै होला
बहर – मुक्तजिब मुसम्मन मतवी मक्तुअ
अर्कान – फाइलातु मफ्ऊलुन् फाइलातु मफ्ऊलुन्
वजन – २१२१ २२२ २१२१ २२२
काफिया बन्धन – आउँदै
रदिफ – होला
अभ्यास – परिश्रमी पाठशाला
वि.सं.२०८१ पुस १३ शनिवार ०५:३२ मा प्रकाशित






























