back
CTIZAN AD

कविता : ठूलो मान्छेको सपना

वि.सं.२०८१ पुस १३ शनिवार

1.1K 

shares

भुवन शिवाकोटी चौघरे, काठमाडौं


फराकिलो
चिल्लो सडकमा
पाङ्रामाथि हिड्ने मान्छे
हाम्रो घर अगाडिको अँध्यारो
साँघुरो गल्लिमा
हिड्दैन

त्यहाँ
सडक बत्ति छैन
चिसो छ
हुलका हुल
भुस्याहा कुकुरहरू मात्र छन
उसलाई देखेर ती कुकुर भुक्छन
कहिले कहिले
भुक्दै
लघार्दै आउँछन

साँच्चै,
उसको घरको कुकुर जस्तो बफादार
गल्लिका कुकुर हुँदैनन्
भन्छ ऊ

तेसैले ऊ
एक्लै हिड्दैन
थुप्रै मान्छेहरूले घेरिएर गल्लिमा पस्छ
र चोकमा निस्कन्छ

चोकमा निस्किएपछि

हाम्रो त्यही गल्लि
चौंडा बनाउने सपना सुनाउँछ
तेही गल्लिमा ढोका जोडिएको
हामी साना मान्छेको
निवास छ

जाडोमा होस वा गर्मीको अँध्यारोमा
हामी साना भुईँमान्छेहरू
कठ्यांग्रिएर निदाएका हुन्छौं
जसलाई
रातभरी पनि ब्यूँझिरहने उसले
कहिल्यै चिन्दैन ।

वि.सं.२०८१ पुस १३ शनिवार ०५:३० मा प्रकाशित

नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

काठमाडौं । ‘वसुधैव कुटुम्बकम्’को भावनालाई आत्मसात् गर्दै तीनदिने अन्तर्राष्ट्रिय नेपाल–भारत...

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । झिल्का साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात...

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...