back
CTIZAN AD

लघुकथा : उपराजा

वि.सं.२०८१ पुस १३ शनिवार

1.1K 

shares

वसन्त अनुभव, घोराही, दाङ

स्यालले आयोजना गरेको पत्रकार सम्मेलनमा थुप्रै जङ्गली जनावरहरूको उपस्थिति रहेको थियोे ।
–‘हाम्रा राजा सिंह, एक डाइनामिक, दुरदर्शी, इमानदार राजा होइसिन्छ । यहाँजस्तो न हिजो थियोे, न भोलि नै हुनेछ ।’ प्रशंसाको पुल बाँध्दै स्यालले चिच्यायो ।

हिजोसम्म सिंहलाई देखिनसहने, सदा उछितो काँढ्न तत्पर हुने स्यालको कुरा सुनेर उपस्थित जङ्गली जनावरहरू केहीक्षण अलमलमा परे । तर पनि ब्वाँसोको धम्कीपूर्ण इसारा पाउनेबित्तिँकै सबैले गडगडाहट ताली ठोके ।

खुल्दुलीले नील गाईको पेट ओमठेर आयो । खपिनसक्मु भएपछि उसले जरायोको कानमा खुसुक्क छाद्न पुग्यो, –‘हिजोसम्म निरङ्कुश, तानाशाह, भ्रष्ट, .. केके हो केके भनी उछितो काँढेर नथाक्ने यहीँ स्याल हैन ? एक्कासि आज के भएछ, यसलाई ?’

–‘के हुनु नि ! सिंहले यसलाई उपराजा बनाएदेखिन् यसको घडाबाट अमृतबाहेक केही बग्ने गरेको छैन ।’ स्यालको उपहास उडाउँदै जरायोले भन्यो ।

 

वि.सं.२०८१ पुस १३ शनिवार ०५:२८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...