back
CTIZAN AD

कविता : नेपाल

वि.सं.२०८१ पुस १३ शनिवार

1.2K 

shares

बालकुमारी घिमिरे गजलिका, इलाम

सेता हिमाल शिरमा छतझैँ बसेका
लाएर चन्दन टिको अझ टल्किएका ।
चम्किन्छ स्वर्ण जसरी जब घाम लाग्छ
आँखा भरिन्छ मनबाट विकार भाग्छ ।।

फुल्छन् गुराँस वनमा अति नै सुरम्य
पार्दै सुशोभित धरा भव ज्ञान गम्य ।
छन् माहुरी र भमरा यसमै भुलेका
देखेर नित्य कलिका सब छन् झुलेका ।।

मैदान फाँट हरिया सिमसार कस्ता
छन् कुञ्ज भित्र मृग वानर बाघ दस्ता ।
बस्छन् मिली सब त्यहाँ घरवार रोजी
खान्छन् डुलेर वनमा दिनरात खोजी ।।

बग्छन् नदी र झरना वन कुञ्जभित्र
डुल्छन् पहाड पहरा नित ढाँडभित्र ।
गन्तव्यतर्फ नपुगी नहुने छ बानी
लेखाउँदै अजिबको तरुनो कहानी ।।

भाषा अनेक पहिचान छ भेष राम्रो
आफ्नै छ धर्म अनि छैन कुनै नराम्रो ।
भातृत्व फुल्दछ यहाँ सब बन्धु नै छन्
संस्कार संस्कृतिहरू गतिला छँदै छन् ।।

छन्द : वसन्ततिलका
गण : त भ ज ज गु गु
सङ्केत :SSl Sll lSl lSl S S
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८१ पुस १३ शनिवार ०५:२६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...