१३ जेठ, काठमाडौँ । धितोपत्रको सार्वजनिक निस्काशनमा (आई पिओ/एफपिओ) आवेदन दिँदा माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क आस्वा सेवा((सेयर भर्ने)प्रदानगर्ने बताएको छ । उक्त बैकमा चल्ती, बचत तथा कलखाता भएका ग्राहकहरुले निःशुल्क आस्वा सेवामार्फत सहज, सरल र सुरक्षित तवरले लगानी गर्न सक्ने छन् ।
यस निःशुल्क सेवाबाट आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्न ग्राहक थप अभिप्रेरित हुने विश्वास बैकले लिएको छ । बैकको देशभरका ५६ वटै शाखामार्फत निःशुल्क आस्वा सेवा प्रदान गर्ने बैंकले बतााएको छ ।
वि.सं.२०७४ जेठ १३ शनिवार १०:३७ मा प्रकाशित






























