back
CTIZAN AD

अब साना कम्पनीले आईपीओ जारी गर्न पाउने

वि.सं.२०८१ माघ ३ बिहीवार

606 

shares

काठमाडौँ । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ धितोपत्र बोर्डले स्विकृत गरेको छ । बिहीबार नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नियमावली जारी गर्दै आजबाट कार्यन्वयनमा ल्याएको हो ।

उक्त नियमावलीमा टेकेर अब २५ करोड भन्दा कम पूँजी भएका कम्पनीहरुले आईपीओ जारी गरेर पुँजी बृद्धि गर्न सक्ने भएका छन्। त्यस्ता कम्पनीहरूले सर्वसाधारणमा सेयर जारी गरेर २५ करोडसम्म पुँजी बृद्धि गर्न सक्नेछन् ।

त्यस्ता कम्पनीहरूले पुँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी सेयर निष्कासन गर्नुपर्ने प्रावधान राखिएको छ । यस्तै, आईपीओ जारी गर्न पब्लिक कम्पनीको रुपमा एक आर्थिक वर्ष पुरा भएको हुनुपर्ने छ ।

यो बाहेका सो संस्थाले सेयर निष्कासन पूर्व धितोपत्रको पाँच प्रतिशत सोको निष्कासन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरिसकेको अवस्थामा मात्रै सर्वसाधारणमा आइपीओ जारी गर्न पाउनेछ ।

अन्य सार्वजनिक कम्पनीहरू सरह यस्ता कम्पनीहरुले पनि आइपीओ जारी गर्नुपूर्व क्रेडिट रेटिङ गराउनुपर्नेछ। सोही आधारमा बोर्डले सेयर निष्कासनको अनुमती दिने व्यवस्था गरिएको हो ।

वि.सं.२०८१ माघ ३ बिहीवार १५:५६ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...