back

अब साना कम्पनीले आईपीओ जारी गर्न पाउने

वि.सं.२०८१ माघ ३ बिहीवार

150 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ धितोपत्र बोर्डले स्विकृत गरेको छ । बिहीबार नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नियमावली जारी गर्दै आजबाट कार्यन्वयनमा ल्याएको हो ।

उक्त नियमावलीमा टेकेर अब २५ करोड भन्दा कम पूँजी भएका कम्पनीहरुले आईपीओ जारी गरेर पुँजी बृद्धि गर्न सक्ने भएका छन्। त्यस्ता कम्पनीहरूले सर्वसाधारणमा सेयर जारी गरेर २५ करोडसम्म पुँजी बृद्धि गर्न सक्नेछन् ।

त्यस्ता कम्पनीहरूले पुँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी सेयर निष्कासन गर्नुपर्ने प्रावधान राखिएको छ । यस्तै, आईपीओ जारी गर्न पब्लिक कम्पनीको रुपमा एक आर्थिक वर्ष पुरा भएको हुनुपर्ने छ ।

यो बाहेका सो संस्थाले सेयर निष्कासन पूर्व धितोपत्रको पाँच प्रतिशत सोको निष्कासन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरिसकेको अवस्थामा मात्रै सर्वसाधारणमा आइपीओ जारी गर्न पाउनेछ ।

अन्य सार्वजनिक कम्पनीहरू सरह यस्ता कम्पनीहरुले पनि आइपीओ जारी गर्नुपूर्व क्रेडिट रेटिङ गराउनुपर्नेछ। सोही आधारमा बोर्डले सेयर निष्कासनको अनुमती दिने व्यवस्था गरिएको हो ।

वि.सं.२०८१ माघ ३ बिहीवार १५:५६ मा प्रकाशित

नेप्सेमा सामान्य अङ्कको गिरावट

नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार...

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार...

२६ सयको अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम रु छ अर्बभन्दा बढी

२६ सयको अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम रु छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दुई हजार...

नेप्से परिसूचक सात अङ्कले घट्यो

नेप्से परिसूचक सात अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक...