back
CTIZAN AD

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

वि.सं.२०८१ माघ ४ शुक्रवार

1.1K 

shares

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता माघ दोस्रो सातादेखि सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिता यही माघ १२ देखि १९ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा महिला र पुरुष गरी कूल १२ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष र महिलातर्फ एक एक विदेशी टोली समेत सहभागी हुनेछन् ।

प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्बल, गण्डकी प्रदेश भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब, नेपाल पुसिल क्लब र नेपाल एपिएफ क्बल सहभागी हुनेछन् । विदेशी टोलीमा भारतको कुरुक्षेत्रको सुनील भलिबल क्लब अमीन रहेको छ ।

त्यसैगरी महिलातर्फ नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र टाइगर गु्रप अफ पोखरा रहेका छन् । महिलातर्फ विदेशी टोली थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेट प्यासन भलिबल क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष र महिलातर्फका दुवै विजेता टोलीले रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् भने उपविजेताले रु दुई लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु एक लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउनेछन् । त्यसैगरी उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षक (पुरुष÷महिला)ले जनही रु १० हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताको खेल भने पोखरामा हुनेछ ।

 

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:२२ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...