back
CTIZAN AD

सुसेली : वीर गाथा

वि.सं.२०८१ माघ ५ शनिवार

1.1K 

shares

रामप्रसाद अधिकारी, बानियाँटार काठमाडौं 

१.
बैरी तर्सेका
कालापानी हाम्रै हो
छैनौं बिर्सेका ।

२.
किन तर्सने ?
दार्जिलिङ हाम्रै हो
हैन बिर्सने ।

३.
हाम्रा पुर्खाको
सिञ्चियको रगत
वीर गोर्खाको ।

४.
मैना चरिले
सुसाएर बोलायो
टिष्टा नदीले ।

५.
वीरको गाथा
कुमाउमा घन्किन्छ
नेपाली भाका ।

६.
नालापानीमा
इतिहास साछी छ
कालापानीमा ।

७.
कालापानीको
कथा व्यथा उस्तै छ
नालापानीको ।

८.
दागा धर्दै छ
शासकले बुझ्दैनन्
सिमा सर्दै छ ।

९.
छैन विवेकी
सिमा स्तम्भ लुकायो
धुर्त छिमेकी ।

१०.
किल्लाकिल्लामा
वीरका निशाना छन्
शिलाशिलामा ।

वि.सं.२०८१ माघ ५ शनिवार ०९:२८ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...