back
CTIZAN AD

कविता : देशप्रेम

वि.सं.२०८१ माघ ५ शनिवार

1K 

shares

कलानिधि दाहाल, काठमाडौं

हुँदैन राष्ट्रसाँध यो विशाल विश्व राष्ट्र हो
हराभरा वसुन्धरा छ धारदार दारको ।
लिए हुने छ व्यक्ति स्वार्थमा छ स्वार्थरागको
ठूलो अगाडि बढ्छ सानले पराग सुक्छ यो ।।

विशाल वक्ष विश्वमा फिँजेर फैलिने पर
भए हुने छ राष्ट्रको विकास भव्य सुन्दर ।
अनन्तमा उठौँ अनेक एक एकमा जुटौँ
धपक्क बल्छ विश्व नै म सान विश्व लुट्पुटौँ ।।

बिहानको प्रशान्तझैँ बगूँ बगेर फैलिऊँ
कुचो बढार्न छाल हातका कतै नमैलिऊँ ।
मनोदशा बनी सफा स्वतन्त्र तन्त्र तैरिऊँ
सिमान्त आउने भए तिनै विरुध्द वैरिऊँ ।।

ममा पवित्रता भए म हेर्न सक्छु व्यापक
म साहसी भए कहाँ छु रोकिने अनाहक ।
म दारमा उदारमा प्रफुल्ल फुल्ल पारमा
भए म सारमा विकास पारका किनारमा ।।

उचाल चाल जोडले पुगेर पाउ पारमा
कहाँ रहन्छ उर्लिँदो नदी अडेर धारमा ?
किनार नार्न माथमा उफार्न फार्न दुश्मन
बसे छपक्क झारमा विकासकास मन्थन ।।

निकाल काल भित्रका बनेर देवदूतझैँ
उफार फार भ्रष्टका विनाश नाश चक्रझैँ ।
बनेर इन्द्र कोमली छरेर वासना उता
समग्र अग्र उच्चमा विकास बन्छ देवता ।।

छ स्वार्थ सामुमा पिएर मत्त मत्त छन् जन
सबै धपाउने प्रयासमा विकास इन्धन ।
म पेट एकमा रमी रमाउँदा सधैँ यता
विकास बल्छ धप्प धप्पमा छ दीपको लता ।।

न राख्न सक्छु साँध यो न बाँध्न सक्छु बाँधमा
विकास विश्व राष्ट्र हो म बोक्न सक्छु काँधमा ।
न रोक्न सक्छु पाइला न रोकिने भए कर
विकास दीप देश हो चमक्क चम्किने घर ।।

छु खण्डमा अखण्डको म विश्व चुम्न माहिर
विराट् छ विश्व नै यता उचाल्छ व्यक्ति आखिर ।
म खीर खान्छु आखिरी र देश बोक्छु आँतमा
विशाल विश्व नै यहाँ उचाल्छ हिँड्छु हातमा ।।

छन्द -पञ्चचामर
अक्षर सङ्ख्या -१६
सूत्र – १२१ १२१ १२१ १२१ १२१ २

वि.सं.२०८१ माघ ५ शनिवार ०९:३१ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...