back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८१ माघ ५ शनिवार

1.5K 

shares

बाबुराम गौतम, गुल्मी

१.
अनेकतामा एकता बनाऊँ
शत्रुसामु कहिल्यै नझुक्ने
दृढ प्रतिबद्धता जनाऊँ

२.
अनेकतामा राखेर एकता
विश्वलाई चिनारी दिनु
नेपालीको प्रमुख विशेषता

३.
पुर्खाले सुम्पेको नासो
अस्तित्वमा रहने छैन
लिएनौँ भने चासो

४.
अपराधीलाई ओढाएर खादा
पुरा गर्दैछ सरकारले
जनतासँग गरेका बादा

५.
नसक्नेले जोखिम मोल्न
सक्तैन कहिल्यै पनि
भाग्यको ढोका खोल्न

६.
कसलाई उठ्दैन रिस ?
सुझाव स्वरुप दिएको
अर्ति ठान्दा बिष

७.
जिन्दगी अनौठो खेल
गर्जो टार्ने परिक्षामा
भइन्छ बारबार फेल

८.
जिन्दगी नश्वर चोला
आखिरी गन्तव्य सबैको
सङ्गम जुटेको खोला
ि
९.
लाग्दैन कहिल्यै घाम
दुखियाको घर आँगनमा
सधैँभरि रहन्छ बर्खायाम

१०.
हौसिएर नभमा नजाऊ
चिप्लिएर लड्यौ भने
लाग्नसक्छ गहिरो घाउ
ि

वि.सं.२०८१ माघ ५ शनिवार ०९:३५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...