back
CTIZAN AD

गजल

वि.सं.२०८१ माघ ५ शनिवार

1.2K 

shares

उत्तम विचार, नुवाकोट

ठुला मान्छे दम्भ गर्छन् र सानाको अर्थ हुन्छ
गरे चम्चाले भने दम्भ काँटाको अर्थ हुन्छ

झरी बादल हट्छ वर्षा हिलोमैलो दूर भाग्छन्
हिउँद लागे खुल्छ आकाश चङ्गाको अर्थ हुन्छ ।

झुटो माया हुन्छ कच्चा कसम खाई तोड्न सक्छन्
निभायौँ साँचो भनेमात्र वाचाको अर्थ हुन्छ ।

जता पर्छन् दिव्य दृष्टि त्यतै भव्य दृश्य होऊन्
रमाए हेरी भनेमात्र आँखाको अर्थ हुन्छ ।

टुटी जाने साइनोले कसैलाई हुन्न राम्रो
हुँदै जाओस् प्रेम गाढा र नाताको अर्थ हुन्छ ।

बहर – मुजारे मुसम्मन सालिम
अर्कान : मुफाइलुन् फाइलातुन मुफाइलुन् फाइलातुन
वजन – १२२२ २१२२ १२२२ २१२२
काफिया बन्धन – आको
रदिफ – अर्थ हुन्छ
अभ्यास – परिश्रमी पाठशाला

वि.सं.२०८१ माघ ५ शनिवार ०९:३७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...