back
CTIZAN AD

कविता : बकपत्र

वि.सं.२०८१ माघ १२ शनिवार

987 

shares

हृषीकेश बराल, पोखरा, कास्की

स्वयं बिग्री बिगार्दै छन्, सबैलाई रुवाएर
कहाँ भन्ने कसो गर्ने, दुख्यो आत्मा सताएर ।
दुराचारीहरू मात्रै, सजिएका छन् रमाएर
चिताको अग्नि ताप्तै छन्,अरूलाई डढाएर ।।१

जथाभावी गरेका छन्, बिगार्दै छन् सपार्दैनन्
गरी पालो लुटेका छन्,अघायौँ भन्न जान्दैनन् ।
तिनैलाई पुजेका छन्, नुगी भेटी चढाएर
तिनैका पाउ ढोग्दै छन्,सयौं गल्ती लुकाएर ।।२

भयो गल्ती सुनाएमा, उसैलाई हपार्दछन्
नयाँ उत्साह बोकेका, युवालाई लघार्दछन् ।
बडो आनन्द मान्दै छन्, अरूलाई दबाएर
विरोधी देखिए थुन्छन्, झुठा मुद्दा लगाएर ।।३

विपक्षीको लिई सातो, उचाल्दै छन् पछार्दै छन्
बहाना नक्कली गर्दै, नयाँलाई थचार्दै छन् ।
भुली सम्मान मर्यादा,बसेका छन् गनाएर
रमाई वृद्ध खाँदै छन्,युवालाई धपाएर ।।४

व्यथा पीडा बढे भन्दा,सुनी टार्छन् घटाउन्नन्
कसो गर्दा उँभो लाग्ला, भनी सोद्धा बताउन्नन् ।
तिनैले बन्धु बेच्तै छन्, खसी जस्तै बनाएर
थुपारी अर्बको जेथा, कहाँ लान्छन् कमाएर ।।५

सधैं मागेर खान्थे रे, सुन्यौँ खर्बौं कमाएछन्
सधैं डेरा गरेकाले, हबेली पो बनाएछन् ।
विना पेशा धनी बन्छन्, सदाचारी सताएर
अझै ती लाज मान्दैनन्, बसेका छन् गनाएर ।।६

बने स्वार्थी भए पापी, यिनै मर्दा रुने हुन्नन्
मलामी पाउने छैनन्, युवा कोही त्यहाँ हुन्नन् ।
हजारौं योजना रच्छन्, युवालाई भजाएर
युवाको नाउँमा आफैं, डकार्दै छन् अघाएर ।।७

छन्द : विधाता
गण : य र त म य गु
सङ्केत : lSS  SlS  SSl  SSS  lSS  S

वि.सं.२०८१ माघ १२ शनिवार ०५:१९ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...