back
CTIZAN AD

लघुकथा : माटो

वि.सं.२०८१ माघ १२ शनिवार

2K 

shares

सुरेशकुमार पाण्डे, दाङ

‘यो के राखेको?’– शङ्कर सधै लडाईमा जाँदा एउटा टालोमा केही राख्ने गथ्र्यो, त्यो देखेर प्रकाशले सोध्यो ।

‘औषधी हो ।’–शङ्करले सटिकमा भन्यो ।

‘एउटा फौजी भएर पनि यस्ता टुनामुना बोकेर हिँड्दा लाज लाग्दैन ?’–प्रकाशले गिंजाउदै भन्यो । उनीहरू विदेशी भूमिमा कार्ररत थिए । प्रकाश शङ्कर भन्दा पनि सिनियर हो ।

‘केको लाज औषधी राख्नु पनि ? केथा कुनवेला काम आउँछ । हामि फौजीहरू सङ्कटमा पर्न पनि त बेर लाग्दैन ।’–शङ्करले प्रतिप्रश्न राख्यो ।
‘आहा यस्तो पनि सङ्कटमोचन !’– प्रकाश ठटौले पारामा भन्यो ।

उनिहरूको गफ नसकिंदै अचानक दुश्मनले हमला गर्यो ।

प्रकाशलाई गोली लाग्यो र रगत बग्न थाल्यो ।

शङ्करले त्यो टालोबाट औषधी निकाल्यो घाउमा राख्यो र आफ्नो पसिना पुछ्ने गम्छाले घाउ बाँध्यो ।

जसले रगत बग्नबाट जोगायो ।

प्रकाशलाई फटाफट अस्पताल पुर्याइयो । डाक्टरले ढिला नगरी अप्रेसन गरेर गोली निकाल्यो ।

‘शङ्कर जी अत्यन्तै सह्रानिय काम गर्नुभयो हजुरले । तर औषधी के थियो जस्ले दुइ घन्टासम्म शरिरलाई रगत बग्नबाट जोगायो र तरोताजा राख्यो ?’– डाक्टर प्रविणले सोधे ।

‘सर ! त्यो हाम्रो देशको माटो थियो ।’–शङ्करले खिसिक्क हाँस्दै भन्यो ।

 

 

वि.सं.२०८१ माघ १२ शनिवार ०५:२० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...