सुरेशकुमार पाण्डे, दाङ
‘यो के राखेको?’– शङ्कर सधै लडाईमा जाँदा एउटा टालोमा केही राख्ने गथ्र्यो, त्यो देखेर प्रकाशले सोध्यो ।
‘औषधी हो ।’–शङ्करले सटिकमा भन्यो ।
‘एउटा फौजी भएर पनि यस्ता टुनामुना बोकेर हिँड्दा लाज लाग्दैन ?’–प्रकाशले गिंजाउदै भन्यो । उनीहरू विदेशी भूमिमा कार्ररत थिए । प्रकाश शङ्कर भन्दा पनि सिनियर हो ।
‘केको लाज औषधी राख्नु पनि ? केथा कुनवेला काम आउँछ । हामि फौजीहरू सङ्कटमा पर्न पनि त बेर लाग्दैन ।’–शङ्करले प्रतिप्रश्न राख्यो ।
‘आहा यस्तो पनि सङ्कटमोचन !’– प्रकाश ठटौले पारामा भन्यो ।
उनिहरूको गफ नसकिंदै अचानक दुश्मनले हमला गर्यो ।
प्रकाशलाई गोली लाग्यो र रगत बग्न थाल्यो ।
शङ्करले त्यो टालोबाट औषधी निकाल्यो घाउमा राख्यो र आफ्नो पसिना पुछ्ने गम्छाले घाउ बाँध्यो ।
जसले रगत बग्नबाट जोगायो ।
प्रकाशलाई फटाफट अस्पताल पुर्याइयो । डाक्टरले ढिला नगरी अप्रेसन गरेर गोली निकाल्यो ।
‘शङ्कर जी अत्यन्तै सह्रानिय काम गर्नुभयो हजुरले । तर औषधी के थियो जस्ले दुइ घन्टासम्म शरिरलाई रगत बग्नबाट जोगायो र तरोताजा राख्यो ?’– डाक्टर प्रविणले सोधे ।
‘सर ! त्यो हाम्रो देशको माटो थियो ।’–शङ्करले खिसिक्क हाँस्दै भन्यो ।
वि.सं.२०८१ माघ १२ शनिवार ०५:२० मा प्रकाशित






























