back
CTIZAN AD

गजल

वि.सं.२०८१ माघ १२ शनिवार

1.3K 

shares

कपिल किशोर घिमिरे, दाङ

गर्न छोडेँ मनन के भयो के भयो
हुन्न आफ्नै जतन के भयो के भयो

चढ्न थाल्यो सधैँ प्रेमको खुब नसा
खोज्छु उनकै नयन के भयो के भयो

हुन्छ पीडा अधिक बस्नु एक्लै परी
प्रेममा छैन मन के भयो के भयो

जल्छ दुनियाँ निकै गर्छ ईष्र्या सधैँ
स्वस्थ्य मेरो बदन के भयो के भयो

रातमा देखियो जून सुन्दर निकै
मन्द भो खै पवन के भयो के भयो

बहर :मुतदारिक मुसम्मन सालिम
अर्कान : फाइलुन् फाइलुन् फाइलुन् फाइलुन्
वजन : २१२ – २१२ – २१२ – २१२
काफिया : अन
रदिफ : के भयो के भयो
अभ्यास : परिश्रमी पाठशाला

 

वि.सं.२०८१ माघ १२ शनिवार ०५:२१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...