back
CTIZAN AD

कविता : पैसा

वि.सं.२०८१ माघ १२ शनिवार

1.5K 

shares

कोपिला बर्देवा, काठमाडौं 

पैसाले सारा संसार चल्ने रहेछ
हुनेलाई पो झन–झन फल्ने रहेछ
नहुने भोक–भोकै मरिरहेको देख्दा
कमजोर मुटु अनायाशै जल्ने रहेछ

सत्यको आवाज
पनि थाकिसकेका छन्
कानुन नै पैसामा बिकिसकेका छन्
पीडितले नै हार मानिसकेका छन
न्याय पाउने आश यसै मारिसकेका छन्

धनीका घरमा उज्यालो छाउँदो रहेछ
गरिबका सपनामा अँध्यारो आउँदो रहेछ
रहरलाई बाध्यताले थिचिदिँदो रहेछ
त्यसपछि भाग्यका कुरा आउदो रहेछ

गरिबलाई पैसाले पिरोल्ने रहेछ
अनि धनीलाई उकासी रहने रहेछ
हुनेलाई ओइरो लाग्ने रहेछ पैसा
नहुनेलाई खोइरो खनि रहने रहेछ पैसा

मानवताले सम्बन्ध जोड्न सिकाउने रहेछ
अनि, पैसाले ट्क्राउन सिकाउने रहेछ
सम्बन्धको यहाँ ताली पिट्दा पिट्दै
बिर्सनेको पनि ओइरो लाग्दो रहेछ

मान–सम्मान पाउन पैसा चाहिने रहेछ
इमादारीताको झोलीलाई फालिदो रहेछ
पापीले नि इज्जत पाउने रहेछ
धर्मकर्म त गुनगाानमै सीमित रहेछ

वि.सं.२०८१ माघ १२ शनिवार ०९:४५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...