back
CTIZAN AD

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

वि.सं.२०८१ माघ २६ शनिवार

1.7K 

shares

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण विस्तारित बैठक तथा प्रशिक्षण काठमाडौंमा शुरु भएको छ । माघ २५ र २६ गते बबरमहलस्थित जिल्ला समन्वय समितिको सभाहलमा दुई दिनसम्म बैठक चल्नेछ ।

मोर्चा केन्द्रीय समिति, सल्लाहकार समिति, प्रदेशका पदाधिकारीसम्मका करिब दुई सय पचास नेता/कार्यकर्ताहरुको उपस्थितिमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यता तथा मोर्चा केन्द्रीय अध्यक्ष दलजीत श्रीपालीको अध्यक्षतामा बसिरहेको बैठकले दलित समुदायका मुद्दालाई राज्यसत्तामा सम्बोधन गराउन सङ्घर्षका कार्यक्रमहरुलाई अगाडि बढाउने गरी छलफल चलिरहेको बताइएको छ ।

दलित समुदायमाथि श्रृङखलाबद्ध रुपमा भइरहेका दमन, उत्पीडन, विभेद, वहिस्कार, हत्या, अपशब्द प्रयोग गरि गरिएका गालीगलौचविरुद्ध प्रतिरोध गर्दै आन्दोलनका आधारभूत मुद्दा र मागहरुलाई सम्बोधन गराउन राज्यलाई दबाव दिनेस्तरका कार्यक्रमहरु सञ्चालन गरिनेगरी छलफल चलिरहेको मोर्चाका केन्द्रीय उपाध्यक्ष तथा प्रचार प्रसार र प्रकाशन विभाग प्रमुख पदम विश्वकर्माले जानकारी दिए ।

बैठकमा मोर्चाका सातवटै भूगोल प्रदेश र एउटा गैरभौगोलिक विशेष प्रदेशका अध्यक्षहरुको रिपोर्ट सुनिसकेपछि अध्यक्ष प्रचण्डले दलित समुदायलाई प्रदान गर्ने भनिएको विशेषाधिकारको नीति पार्टीबाटै शुरुवात गरिने बताए । उनले पार्टीका सबै कमिटीहरुको पदाधिकारीमा अनिवार्य रुपमा दलित प्रतिनिधित्वको सुनिश्चित गर्ने कुरा आसन्न महाधिवेशन अगाडि विधिगत रुपमा नै सुनिश्चित गरिने प्रतिबद्धता गरे ।

नेपाली जनक्रान्तिमा दलित समुदायको भूमिकालाई जनयुद्धमा ठूलो महत्व दिइएपछि दलित आन्दोलन ऐतिहासिक किर्तिमान कायम गर्दै धेरै अगाडि बढेको चर्चा गर्दै वर्तमान समाज र राजनीतिमा व्यप्त रहेको प्रतिगमनकारी, प्रतिक्रान्तिकारी चिन्तन प्रवृत्तिविरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नुपर्ने खाँचो औंल्याए ।

आजको बैठकमा दलित मोर्चाका पूर्व अध्यक्ष एवम् मधेश र कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख तिलक परियार, पार्टी स्थायी समिति सदस्यहरु महेश्वर गहतराज र अन्जना विशंखे, मोर्चाका फ्र्याक्सन इन्चार्ज परशुराम रम्तेल, राष्ट्रिय सभाका प्रमुख सचेतक गोपी अछामीलगायतका नेताहरुले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए ।

 

वि.सं.२०८१ माघ २६ शनिवार ०७:१८ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...