back
CTIZAN AD

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ २६ शनिवार

849 

shares

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कार्यक्रमअन्तर्गत ७३औँ श्रृङ्खलामा छन्दसङ्गम कार्यक्रम परिषदको सभाहलमा सम्पन्न गरेको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतित्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा.हिमलाल पन्थी, साहित्यकारहरू पुरुषोत्तम खनाल, हरिप्रसाद पौडेल “स्वर्णशिखा” धनसिंह गिरी, महेशकुमार न्यौपाने, वीना रोका, नारदप्रसाद भण्डारी, एकराज शर्मा अधिकारी, विक्रम ओली“ नेपाली बाबु “एकनारायण चापागाई’ सुरेश कुमार पाण्डे लगायत एक दर्जनभन्दा बढी छन्द कविहरूले आ–आफ्नो छन्दका सिर्जना वाचन गरेका थिए । वाचित रचनाहरूको समीक्षा साहित्यकार हरिप्रसाद पौडेल “स्वर्णशिखा“ले गरेका थिए ।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर” राप्ती साहित्य परिषद् केन्द्रका कोषाध्यक्ष डा.खेमराज मल्ल , अध्ययन मञ्च दाङका संयोजक सूर्य विसी नयाँ सरोकार अनलाइन खबरका प्रधान सम्पादक अरुण कुमार नेपाली, साहित्यकारहरू गोपाल भुसाल अभिलाषी,सुशीला आचार्य, चन्द्रप्रकाश देवकोटालगायतको गरिमामय उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङ शाखा उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत् मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए।

वि.सं.२०८१ माघ २६ शनिवार ०९:१७ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...