back

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ २६ शनिवार

354 

shares
GLOBAL IME AD
NTC AD

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कार्यक्रमअन्तर्गत ७३औँ श्रृङ्खलामा छन्दसङ्गम कार्यक्रम परिषदको सभाहलमा सम्पन्न गरेको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतित्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा.हिमलाल पन्थी, साहित्यकारहरू पुरुषोत्तम खनाल, हरिप्रसाद पौडेल “स्वर्णशिखा” धनसिंह गिरी, महेशकुमार न्यौपाने, वीना रोका, नारदप्रसाद भण्डारी, एकराज शर्मा अधिकारी, विक्रम ओली“ नेपाली बाबु “एकनारायण चापागाई’ सुरेश कुमार पाण्डे लगायत एक दर्जनभन्दा बढी छन्द कविहरूले आ–आफ्नो छन्दका सिर्जना वाचन गरेका थिए । वाचित रचनाहरूको समीक्षा साहित्यकार हरिप्रसाद पौडेल “स्वर्णशिखा“ले गरेका थिए ।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर” राप्ती साहित्य परिषद् केन्द्रका कोषाध्यक्ष डा.खेमराज मल्ल , अध्ययन मञ्च दाङका संयोजक सूर्य विसी नयाँ सरोकार अनलाइन खबरका प्रधान सम्पादक अरुण कुमार नेपाली, साहित्यकारहरू गोपाल भुसाल अभिलाषी,सुशीला आचार्य, चन्द्रप्रकाश देवकोटालगायतको गरिमामय उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङ शाखा उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत् मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए।

वि.सं.२०८१ माघ २६ शनिवार ०९:१७ मा प्रकाशित

आज विश्व कवितासहित पाँच वटा अन्तरराष्ट्रिय दिवस

आज विश्व कवितासहित पाँच वटा अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आज पाँच वटा अन्तरराष्ट्रिय दिवस परेका छन् ।...

लघुकथा : तृषा

लघुकथा : तृषा

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मलामी आएका वृद्धा रहस्यात्मक...

चारु

चारु

नीता गुरुङ,गुवाहाटी, असम, भारत स्वार्थी मनले स्वाङ पारी मन्दिर धाएर...

चारु

चारु

सञ्जना शर्मा,लमही दाङ सूनिदैन कतै आजभोलि ताली युवा परदेश गाउँ...

गजल

गजल

तारा विष्ट छन्दार्पण, दाङ ,हाल -मलेसिया लुट्दै छ देश मेरो...

झिल्का कविता

झिल्का कविता

होम प्रसाद नेउपाने, धरान, सुनसरी १. प्रेमको उघार्नू ढोका सारा...