मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं
‘कार्यक्रम सकिएछ कि क्या हो ?’
स्कुटर पार्क गर्दै गर्दा, साहित्यकार मित्रद्वयलाई कार्यक्रम स्थलबाट निस्कँदै गरेको देखेर उसले मनमनै सोच्यो ।
आज उसको साथीको पुस्तक विमोचन थियोे यहाँ । जसरी भएपनि आइज है भनेको थियोे साथीले उसलाई । कार्यक्रम ढिलै होला भन्ने सोंचेर उ आउँदा, निर्धारित समयभन्दा झण्डै एकघण्टा बितिसकेको थियोे, अहिले ।
फटाफट स्कुटर पार्क गरेर उसले मित्रद्वय नजिकै पुगेर सोध्यो, ‘तिमीहरू फर्कियौ त, के कार्यक्रम सकियो ?’
दुबैले अमिलो मुख पारे । एउटा साथीले जवाफ दियो, ‘सकिएको छैन, कार्यक्रम भर्खरै सुरु भयो ।’
‘अनि किन हिँडेको त !’ , उसले प्रतिप्रश्न ग¥यो ।
‘वक्ता धेरै श्रोता कम भएका कारण कार्यक्रम लम्बिने डरले ।’, जवाफ आयो ।
‘अर्थात् …!’ , उसले नबुझेको भावले साथीको मुखमा हेर्यो ।
‘उपस्थित एकाउन्न जनामध्ये सबैजसो मञ्चासिन । दर्शकदीर्घामा हामी पाँचजना मात्र बाँकी भयौं, त्यसैले बस्न मन लागेन ।’, साथीले जवाफ फर्कायो ।
वि.सं.२०८१ फागुन १७ शनिवार ०४:५० मा प्रकाशित






























