back
CTIZAN AD

लघुकथा : मञ्चासिन

वि.सं.२०८१ फागुन १७ शनिवार

2.2K 

shares

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं

‘कार्यक्रम सकिएछ कि क्या हो ?’

स्कुटर पार्क गर्दै गर्दा, साहित्यकार मित्रद्वयलाई कार्यक्रम स्थलबाट निस्कँदै गरेको देखेर उसले मनमनै सोच्यो ।

आज उसको साथीको पुस्तक विमोचन थियोे यहाँ । जसरी भएपनि आइज है भनेको थियोे साथीले उसलाई । कार्यक्रम ढिलै होला भन्ने सोंचेर उ आउँदा, निर्धारित समयभन्दा झण्डै एकघण्टा बितिसकेको थियोे, अहिले ।

फटाफट स्कुटर पार्क गरेर उसले मित्रद्वय नजिकै पुगेर सोध्यो, ‘तिमीहरू फर्कियौ त, के कार्यक्रम सकियो ?’

दुबैले अमिलो मुख पारे । एउटा साथीले जवाफ दियो, ‘सकिएको छैन, कार्यक्रम भर्खरै सुरु भयो ।’

‘अनि किन हिँडेको त !’ , उसले प्रतिप्रश्न ग¥यो ।

‘वक्ता धेरै श्रोता कम भएका कारण कार्यक्रम लम्बिने डरले ।’, जवाफ आयो ।

‘अर्थात् …!’ , उसले नबुझेको भावले साथीको मुखमा हेर्यो ।

‘उपस्थित एकाउन्न जनामध्ये सबैजसो मञ्चासिन । दर्शकदीर्घामा हामी पाँचजना मात्र बाँकी भयौं, त्यसैले बस्न मन लागेन ।’, साथीले जवाफ फर्कायो ।

वि.सं.२०८१ फागुन १७ शनिवार ०४:५० मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...