back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८१ फागुन १७ शनिवार

1.3K 

shares

अच्युत घिमिरे, सर्पाङ, भुटान

१.
अँध्यारो रातको बात
एक टुक्रा जूनसँगै
यहाँ टिमटिमाउँछ जातपात

२.
फालेको फेरि चाहियो
अफ्ठ्यारो बुद्धिले गर्दा
यस्तो दुःखकष्ट पाइयो ।

३.
मनको पत्रमा लेखिन्छ
आफ्नै विस्थापनका कुराहरू
सम्झिँदा झिल्काजस्तै देखिन्छ ।

४.
दुःखको पहाड भत्काउँदै
सपनाले बाटो कोर्छ
आशाको उज्यालो देखाउँदै ।

५.
हिलोमैलो खेल्ने हातलाई
कलम चलाउन लाउँदा
जनाइ हाल्छन् जातलाई ।

६.
यही अन्धकारभित्रको यापना
बल्छ उज्यालो बनेर
गरे सफलताको स्थापना ।

७.
हजारौँ आँसु पुछेर
संसार जित्छ उसैले
हाँसोखुसी सँगसँगै मुछेर ।

८.
एउटा मिठो सम्झना
मनको कुनामा टल्किरहन्छ
पुराउँदा अधुरो सपना ।

९.
समयको आँधीले उडाउँदा
साहस भित्रियो भने
टेर्दैन भ्रमले डुबाउँदा ।

१०.
उँचाइको शान देखाउन
चाहिँदैन भण्डार धनको
मुहारमा मुस्कान लेखाउन ।

वि.सं.२०८१ फागुन १७ शनिवार ०४:५१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...