back
CTIZAN AD

गजल

वि.सं.२०८१ फागुन १७ शनिवार

1.5K 

shares

कलानिधि दाहाल, काठमाडौं

सधैँ माथि झुम्ने चमेराहरू छन्
यता दण्ड भोग्ने बचेराहरू छन्

सुनौलो धरामा सफा खै छ सत्ता
सदा चोट भोग्ने सुनेराहरू छन्

छ यो राज्य स्वार्थी ससाना कुरामा
लिऊँ नीति, बन्ने पँधेराहरू छन्

छली सानका मान खोज्ने भलाद्मी
तिनै माथ सत्ता नबेराहरू छन्

न नङ्ग्रा चलेका न छन् पाउ हिँड्ने
नराम्रा छु देख्ने घनेराहरू छन्

बहर – मुतकारिब मुसम्मन सालिम
अर्कान – फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन -१२२ – १२२ – १२२ – १२२
काफिया – ऐरा
तहलिली रदिफ – हरू
रदिफ – छन्
अभ्यास – नेपाली साहित्यकार विश्व सञ्जाल

 

वि.सं.२०८१ फागुन १७ शनिवार ०४:५३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...