back
CTIZAN AD

आजदेखि स्वरोजगार लघुवित्तको एफपीओ निष्काशन

वि.सं.२०८१ फागुन १८ आइतवार

1.9K 

shares

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गरेको छ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको हो । लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबारको निष्काशन गरेको छ ।

आज अर्थात १८ गतेदेखि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि चैत ३ गतेसम्म कम्पनीले जनाएको छ ।

लगानीकर्ताहरुले एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मको आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

वि.सं.२०८१ फागुन १८ आइतवार १२:२७ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...