back
CTIZAN AD

शेयर बजारमा रौनक भित्रिएकै हो ?

वि.सं.२०८१ फागुन १९ सोमवार

849 

shares

२६–२७ सयको अंकमा रुमलिएर करिव स्थीरजस्तै देखिएको शेयर बजार गत सातादेखि लगातार बढीरहेको छ । गत साताभर ७१ अंकले बढेको शेयर बजार यस साताको पहिलो कारोबार दिन आइतबारनै ७५.२४ अंकको फराकिलो बृद्धिदर बजारले हासिल गरेको छ । हिजो आइतबार करिव एक दर्जन कम्पनीको शेयर मुल्यमा त सकारात्मक सर्किट बे्रक नै लागेको हो । यसरी एक सातायता लगातार बढेको सेयर बजार परिसुचक यसबीच १४७ अकं बढेर २८९०.२८ बिन्दुमा पुगेको छ । कोरोबार रकम पनि बढीरहेको देखिन्छ । सेयर बजार लगातार बढीरहँदा के बजारमा बृद्धिको रौनक सुरु भएको हो ? बजार ‘बुल टेन्ड’मा प्रवेश गरेको हो ? बजारले २८०० अंकको मनोवैज्ञानिक बिन्दु पार गरेकाले अब नयाँ उचाए समात्न लागेको हो ? भन्ने जस्ता जिज्ञाशा व अपेक्षा लगानीकर्ताहरुले गर्न थालेका छन् ।

वास्तम्बमा शेयर बजार आशा, अपेक्षा र विश्वासको जगमा बृद्धि हुने हो । अहिले करिव २९०० अंक छुन लागेको सेयर बजार दुइ कारणले बढेको देखिन्छ । पहिलो त मौद्रिक नीतिको पछिल्लो समिक्षाले बजारको माग केही सम्बोधन हुनु र दोश्रो, अहिलेका गर्भनरको पदावधि सकिनै लाग्नुलाई पनि लिइएको छ । गत मंगलवार चालु आर्थिक बर्षको मौद्रिक नीतिको दाश्रो समिक्षा गर्दै राष्ट्र बैंकले अधिकाशं पुर्ववत नीतिहरुलाई कायमै गरेको थियो । तरपनि राष्ट्र बैंकले दोश्रो समिक्षामा बैंक तथा लघुवित्तिहरुलाई भने केही सम्बोधन गरेको हो । जसको अप्रत्यक्ष फाइदा शेयर बजारलाई परेको देखिन्छ । फलस्वरुप बंैक तथा वित्तिय क्षेत्रका संस्थाहरुको नै बढीजसो शेयर उचालिएको देखिन्छ । राष्ट्र बंैकले समिक्षा मार्फत लघुवित्त कम्पनीहरुमा बेस रेट र बैंकहरुका असल कर्जामा प्रोभिजन दर घटाएको छ । जसले बैंक तथा वित्तिय संस्थाहरुको नाफा बढाउन सहयोग पुग्ने भएकोले पनि बजार बढेको देखिन्छ । मौद्रिक नीतिले असल कर्जामा १.१ प्रतिशतमा रहेको प्रोभिजन दर १ प्रतिशतमा झारेको हो । त्यसैको असर बजारमा देखिएको हो । अर्को विगतमा शेयर बजार प्रति कठोर देखिएका गर्भनर महाप्रसाद अधिकारीको यही चैत्र २५ गतेबाट ५ बर्षे कायकाल सकिँदैछ । फलस्वरुप पनि शेयर बजारका लगानीकर्ताहरु केही रमाएका जस्ता देखिन्छन् । किनकी शेयर बजारका लगानीकर्ताहरुले उनको कार्यकालबीच धेरै पटक शेयर बजारमा लगाइका विभिन्न ‘क्याप’हरु हटाउन माग गर्दै आन्दोलन समेत गरेका थिए । तरपनि गर्भनर अधिकारी बजारको माग सम्बोधन गर्नेगरि प्रस्तुत भएका थिएनन् । बरु कार्यकाल सकिँनै लाग्दा यसैपटकको मौद्रिक नीतिको दोश्रो समिक्षामा घुमाउरो पाराले बजारप्रति उनी लचक देखिएको धेरैको बुझाइ छन् । तर प्रत्यक्ष रुपमा अहिले पनि शेयर बजारलाई प्रभावित तुल्याउने विभिन्न हिसावका ‘क्याप’हरु कायमै छन् । जस्तो कि ब्यक्तिगत कर्जामा १५ करोड मात्रै लिन पाउने प्रावधान कायमै छ । लघुबित्तका १५ प्रतिशतमात्र नाफा बाढ्न पाउने प्रावधान कायमै छ, लगायत विभिन्न खालका शेयर बजार प्रभावित समिमाहरु अझै छन् । जसले बजारमा साना तथा ठुला लगानीकर्ताहरुलाई खुलस्त बनाउन सकेको छैन ।

नयाँ आउने गर्भरनरले त्यसको सम्बोधन गर्न सक्ने, त्यस्ता ‘क्याप’हरु हटाएर बजारमैत्री नीति आउने लगानीकर्ताको आशा छ । त्यही आशाको त्यान्दोले पनि अहिले शेयर बजार बढ्न थालेको हो । अवश्य पनि शेयर बजारलाई बन्धन जस्तो बनाइएका ‘क्याप’ वा सिमाहरु हटाइने हो भने यस क्षेत्रका ६० लगानीकर्ताहरुको मनोबल केही बढ्ने नै थियो । तर मुल रुपमा शेयर बजारमा लगाइएका विभिन्न थरी ‘क्याप’कै कारण बजार थच्किएर नयाँ उचाइको ‘रेकर्ड ब्रेक’ गर्न नसकेको भने हुदै होइन् । वास्तविक रुपमा अर्थतन्त्र नै खराबीउन्मुख भएको, राजनीति नसुध्रिएको र घरजग्गा तथा सहकारी क्षेत्रमा देखिएको समस्याले प्रभाव पारेको हो । जसको प्रभाव समग्र अर्थतन्त्रमा परेको छ । मुलुक नै अहिले अशुद्ध आम्दानी र कारोबारका कारण ‘ग्रे लिष्ट’ मा परिसकेको छ । अपराधबाट आय आर्जन र त्यसको ब्यवस्थापनमाथी विश्वव्यापी रुपमा निगरानी गर्ने फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) ले नेपाललाई गत साता ‘गे्र लिष्ट’मा (वित्तिय रुपमा जोखिमपुर्ण मुलुक) सुचीमा राखिसकेको छ । आगामी २ बर्षका लागि नेपाललाई ‘गे्र लिष्ट’मा राखेको एफएटीएफले सो अवधिबीच पनि सुधार नभए ‘डार्क गे्र लिष्ट’मा उकाल्न सक्छ । कालोसुचीमै राख्न पनि सक्छ । त्यसकारण अर्थतन्त्रमा अझै कालो बादल कायम छ । यद्यपी त्यसरी वित्तिय शुद्धताका लागि नेपालले विगतमै कानुनहरु बनाइसकेको हो । बरु त्यसको कार्यान्वयनको माध्यमबाट नेपाललाई ‘गे लिष्ट’बाट बाहिर ल्याउने भरमग्दुर प्रयत्न सरकारले गर्नुपर्छ । अर्थमन्त्री विष्णु पौडेलले त ६ महिनामै त्यो खालको लिष्टबाट नेपाललाई हटाउने दाबा गरिसकेका छन् ।

अन्यथा अर्थतन्त्रमा त्यसको असर बहुआयामिक हुनसक्छ । फलस्वरुप शेयर बजारमा त्यसको असर पर्ने नै भयो । जस्तो कि मुलुक वित्तिय रुपमा ‘गे्र लिष्ट’मा पर्दा हाम्रो आर्थिक बृद्धिदर खुम्चीने छ । वैदेशिक लगानी र आयात निर्यात ब्यापारमा सबैभन्दा बढी प्रभाव पर्नेछ । आयात निर्यात ब्यापारका लागि एलसी (प्रतितपत्र) प्रभावित हुने कारण सामानहरुमा महंगी बढ्नेछ । महंगी प्रगतीशील अर्थतन्त्रको लागि बाधक तत्व हो । जसलाई अर्थतन्त्रको ‘लुतो’ बराबर लिइन्छ । त्यसबाहेक अन्र्तराष्ट्रिय जगतमा ‘ग्रे लिष्ट’का कारण नेपालको प्रतिष्ठा गिर्छ । सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकहरुको सुचिबाट विकाशशिल मुलुकको दर्जामा उक्लदै गरेको नेपालको त्यो यात्रामा बे्रक लाग्न पनि सक्छ । त्यसकारण ‘ग्रे लिष्ट’बाट जतिसक्दो छिटो नेपाललाई उत्रानै पर्छ । नेपाल भनेको लगानी, ब्यापार र सम्भावनाका दृष्टिले उत्कृष्ठ मुलुक भएको कुराको सन्देश हामीले विश्वसमुदायलाई दिनुपर्छ । त्यसका लागि सरकारले आवश्यक कानुन बनाएर भष्टाचार, अपराधबाट सञ्चित सम्पतिको छानबीन र त्यसलाई पारदर्शी बनाउने गरी लाग्र्नुपर्छ ।

त्यस आलवा बैंकहरुको स्थीति पछिल्लो समय सुध्रदै गएको छ । उनीहरुका कर्जा लगानी पनि बढ्न थालेका छन् । अर्थतन्त्रको बाह्य पक्षको अवस्था राम्रो नै छ । रेमिट्यान्स, बैदेशिक मुद्राको सञ्चीति, शोधानान्तर बचत लगायत सुचकहरु निरन्तर सकारात्मक छन् । सरकारले आफनो पुँजीगत खर्च बढाएर आन्तरिक अर्थतन्त्रलाई टेवा दिँदै जाने र निर्माणाधिन ठुला आयोजनाहरुलाई रफतारमा अघि बढाउने हो भने देशको सम्बृद्धि टाढा पनि छैन् । तर सरकार भने अर्थतन्त्रको समस्या हल गर्न सही ढंगले अघि बढ्नुपर्छ । केही हदसम्म सरकारले आर्थिक सुधारसँग सम्बन्धित ४ वटा विद्ययक कानुन बनाउन संसदमा अघि बढाएको छ । भलै त्यसले निकास पाउन सकेको छैन । सरकारले अर्थतन्त्रका समस्या सामाधान गर्ने कानुन बनाउने र आवश्यक पहल लिने हो भने आर्थिक सुधार हुनसक्छ । आर्थिक सुधार र अर्थतन्त्रको गतिशिलता हुँदा शेयर बजारमा साँच्चिकै दिगो रुपमा रौनक छाउने छ । लगानीकर्ताहरुमा विश्वास बढ्नेछ् । (गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।)

वि.सं.२०८१ फागुन १९ सोमवार १२:१० मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...