back
CTIZAN AD

डेढ शताब्दीपछि चियाको अध्ययन !

वि.सं.२०७४ जेठ १७ बुधवार

840 

shares

१७ जेठ, इलाम । नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ ।

राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले फिक्कलदेखि चियाखेतीको अध्ययन सुरू गरेको हो । एक वर्षमा अध्ययन पूरा गर्ने लक्ष्यका साथ तथ्याङ्क विभागले फिक्कलस्थित चिया उद्यमी, चिया किसान, चिया सहकारी र प्राविधिकसँग छलफल गरेको छ ।

आगामी पुस महिनासम्ममा सर्भेक्षण सम्पन्न गरिने तथ्याङ्क विभागका निर्देशक बद्रीबहादुर कार्कीले बताउनुभयो । नेपाली चियाको परिचय, त्यसले ओगटेको जग्गा, उत्पादन, क्षेत्रफल, ऋण तथा अनुदानको विवरण सङ्कलन गरिने छ । रासायनिक मल तथा विषादी प्रयोगको असर, रोजगारको अवस्था, बजारको अवस्था, बिक्री मूल्य, र आयात निर्यातसम्बन्धी अध्ययन गरिने उहाँले बताउनुभयो ।

चियाखेतीसम्बन्धी सरकारी क्षेत्रबाट अध्ययन नहुँदा राष्ट्रिय योजना आयोगले योजना निर्माण तथा कार्यान्वयन गर्न समस्या भएकाले उक्त सर्भेक्षण थालिएको तथ्याङ्क विभागका अधिकृत गणेशप्रसाद फुयालले बताउनुभयो ।

तत्कालीन इलामका वडाहाकिम गजराजसिंह थापाले इलाम बगानमा विसं १९२० मा चियाको बिरुवा रोप्नुभएको थियो । अहिले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाका साथै अन्य जिल्लामा समेत चियाको व्यावसायिक खेती गरिँदै आएको छ । अहिले चियाखेतीमा साना ठूला गरी ३० हजार किसान संलग्न छन् ।

वि.सं.२०७४ जेठ १७ बुधवार ०९:३० मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...