वसन्त अनुभव, घोराही दाङ
मिलेमतो साहित्य प्रतिष्ठानका अध्यक्ष हस् कुमार, घाम तापेर बसिरहेका थिए । एकाएक उनको मोबाइल चिच्यायो । मोबाइलमा का अध्यक्ष, ज्यूप्रसाद थिए,
–“बधाई छ हजुर ! यस वर्षको दीर्घ साहित्य सेवा पुरस्कार एवम् सम्मान प्राप्त गर्न सफल हुनुभएकोमा ।“
–“आज अप्रिल १ तारिख त होइन, के मजाक गर्नुहुन्छ । अरू कोही पाउनुभएन ?“
हस् कुमारले विश्वास गरेनन् ।
–“हजुर पनि कस्तो कुरा गर्नुहुन्छ ? हजुरसँग मैले कहिल्यै मजाक गरेको छु र ? संस्थाको मिटिङबाट आजै तपाईँको नाम छ्नोट भएको हो ।“ , ज्यूप्रसादले विश्वास दिलाउने प्रयत्न गरे ।
–“ए हो र ! मलाई योग्य सम्झनुभई छनोट गर्नुभएकोमा हार्दिक धन्यवाद एवम् आभार ! मेरो सेवालायक काम भए निर्धक्क मर्जी होला ।“, फुरुङ्ग पर्दै हस् कुमार बोले ।
–“हैन हैन, केही पर्दैन । निष्पक्ष तवरले तपाईँको नाम छनोट गरिएको हो । लेनदेनमा म खासै विश्वास राख्दिनँ । बरु एउटा कुरो, तपाईँको संस्थाले पनि अर्को साल ठूलो राशीको पुरस्कार तथा सम्मान दिँदैछ, हैन ?“ , कुरो चपाउँदै ज्यूप्रसादले भने ।
वि.सं.२०८१ फागुन २४ शनिवार ०७:१४ मा प्रकाशित






























