back
CTIZAN AD

गजल

वि.सं.२०८१ फागुन २४ शनिवार

1.3K 

shares

सुधिर थापा, काठमाडौं

जहाँ लेखिन्न केही कहानी भन्न लायक
जवानी छैन तिम्रो दिवानी भन्न लायक

सबै भन्छौँ सधैँ वीरका सन्तान हामी
भए पो लाग्छ हाम्रो निसानी भन्न लायक

तिमी टाढा भएदेखि साथी छैन मेरो
कहाँ जीवन रह्यो जिन्दगानी भन्न लायक

गरे हाम्रो पुरै देश सुन्दर बन्न सक्छ
बन्यो मात्रै यहाँ राजधानी भन्न लायक

हराए लाग्छ हाम्रा सबै ठेकी र नेती
कहाँ भेटिन्छ खोज्दा मदानी भन्न लायक ।

बहर : अरिज
अर्कान : मुफाईलुन् फऊलुन् मुफाईलुन् फऊलुन्
वजन : १२२२ – १२२ – १२२२ – १२२
काफिया : आनी
रदिफ : भन्न लायक
अभ्यास ; परिश्रमी पाठशाला

वि.सं.२०८१ फागुन २४ शनिवार ०७:१० मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...