अर्जुन प्रसाद चौलागाई
रामेछाप हाल -अमेरिका,बोस्टन
१.
कर्म हुन्छ ठूलो
नगरिकन बस्यौ भने
जताततै पर्छ दुलो ।
२.
गरेर खाऔँ सकेको
कर्मलाई ठूलो सम्झौँ
मिल्दैन अल्छीले देखेको ।
३.
काँधमा काँध मिलाएर
झिल्का उत्तम साथी
भन्दै लेख्छु रमाएर ।
४.
झिल्कालाई सबैमा पुर्याऊ
चेतनाको बिउ रोपेर
अझै रसपान दिलाऊ ।
५.
टन्नै छ बेला
साहित्यिक क्षेत्रमा यसकै
चलोस् सदा मेला ।
६.
झिल्काकै गीत गाऊ
सबै मिलेर यसमा
अझै पिरती लाऊ ।
७.
विधिको शासन भएन
अवस्था परिवर्तन नहुँदा
जनताको पीडा गएन ।
८.
सकेसम्म दुःख देऊ
पुगेन तिमीलाई अझै
जनतासँग पुनः लेऊ ।
९.
देखाउन दिनुभन्दा पुरस्कार
बरू हामीले अरूलाई
गरौँ असल व्यवहार ।
१०.
गाँसौँ फूलको माला
त्यसको महत्व बुझेर
खोलौँ जिन्दगीको ताला ।
वि.सं.२०८१ फागुन २४ शनिवार ०७:१६ मा प्रकाशित






























