back
CTIZAN AD

कविता : तागत

वि.सं.२०८१ फागुन २४ शनिवार

1.6K 

shares

बाबुराम न्यौपाने “उत्स“, दमक, झापा

फलामको काँडेदार पिँजडा तोडेर
असीम खुसीमा
झुमिरहेको बेला
ए !! चतुर शासकहरू
फेरि
सुनको कलात्मक पिँजडामा
बन्दी बनाउने कुचेष्टा किन गर्छौ ?

आकाशका ताराहरूको
उज्यालो ओढेर
रात्रि सन्नाटाको चिरहरणगरी
समुद्रको लहरसँग
खेल्दै रमाउँदै
गन्तव्यतिर हिँडिरहेका
सामुद्रिक यात्रीहरूको
मार्गरोक्ने
व्यर्थको दृढतागर्ने तिमी
अन्धकारको बादसाह हौ ।

समुद्रमा लहरहरू उठिरहन्छन्
जहाजका यात्रुहरू
पालैपालो
चढ्ने र उत्रने क्रम चलिरहन्छ
सामुद्रिक आँधीपछिको
शान्तबिहानीमा
यात्रीहरू
पर क्षितिजमा उभिएकी
स्वतन्त्रताकी देवीलाई
नमस्कार गरिरहेका हुनेछन् ।

सुनको पिँजडा तोडेर
उन्मुक्त
चराहरूको विशाल हूल
समुद्रको गहिराइ र
सगरको उँचाइ नाप्न
पखेटा फट्फटाउँदै
मध्येरातमा पनि उडिरहेका छन्
के तिमीसँग
चराहरूको बाटो रोक्ने तागत छ।

वि.सं.२०८१ फागुन २४ शनिवार ०७:१७ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...