back
CTIZAN AD

कविता : ती हुन् /ती हैनन्

वि.सं.२०८१ फागुन २४ शनिवार

1.4K 

shares

उत्तम विचार, नुवाकोट

के के तत्त्व मिलेर बन्छ कविता भन्द्यौन ए सज्जन
जान्ने चाह हुँदा समस्त कविमा यो प्रश्न गर्दै छु म ।
ती हैनन् कविता जहाँ कवि कला सौन्दर्य छैनन् भने
ती बन्छन् कविता विधान लयका उद्यानमा फक्रिने ।।१।

के हो सूत्र कहाँ अडान म गरूँ के नाम हो छन्द के
कस्ता फूल उनेर बन्छ कविता पाइन्छ सौगन्ध के ।
ती हुन्नन् कविता जहाँ मधुरता पाइन्न सुन्दा भने
श्रोता पाठकमा हुनेछ कविता झङ्कार छुट्टै दिने ।।२।

गाँसी शब्द थुँगा उनूँ म कविता माला बनाऊँ कि म
बाङ्गा अस्त्र समान शब्द बटुली भाला भनाऊँ कि म ।
ती हुन्ननन् कविता विनावजनका भारी उचालेसरि
ती हुन्छन् कविता जहाँ गहकिला छन् भाव भन्छे चरी ।।३।

लाखौँ छन् कविता रचेर कविको चर्चा बटुल्नेहरू
भन्दैनन् तिनले बुझेर कविता साहित्य सेवा गरूँ ।
मात्रै हुल्लडमा रचिन्न कविता सुक्नेछ त्यो भेल हो
शिल्पी हो गर ख्याल बन्छ कविता जो शब्दको मेल हो ।।४।

रोपी अक्षर शब्दका बिउ छरी बाली झुलाऊँ कि म
बारी खेत गरा कुना र डिलमा आँखा डुलाऊँ कि म ।
भोको पेट भुलेर हुन्न कविले संघर्ष देखे भने
बन्नेछन् कविता स्वयम् कलमले नेपाल लेखे िभने ।।

छन्द – शादूर्लविक्रीडित
गण – म स ज स त त गु
सङ्केत – SSS – IIS – ISI – III – SSI – SSI – S

वि.सं.२०८१ फागुन २४ शनिवार ०७:२२ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...