back
CTIZAN AD

कविता: दिल छुन्छ

वि.सं.२०८१ फागुन २४ शनिवार

1.2K 

shares

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम

भावना असल होस् सुख मिल्छ।
भावना पथ खिए दिल रुन्छ ।।
चेत यो सुकृतमा जब लाग्यो।
दुष्ट ताप मनको पर भाग्यो ।।०१।।

द्वेष भर्छ मनमा बह टन्टा।
फ्याँक्नुपर्दछ सबै खलु फन्दा ।।
मोह भर्छ मनमा अति कष्ट ।
बन्नुपर्दछ स्वयम् मन प्रष्ट ।।०२।।

कालको गति सधैँ अगि बढ्छ।
दुष्टता अधम हो सुख घट्छ ।।
पूर्ण हुन्न मनको सब इच्छा।
जोर मानव उठी युग शिक्षा ।।०३।।

ज्ञानबोध जब चिन्दछ मान्छे।
भोक रोग घरका पर भागे ।।
कृत्य कर्म नरका शुभचाला।
खोल्न व्यस्त मन बन्दछ ताला ।।४।।

स्नेहभाव सबमा मुख दिन्छ।
द्वन्द्व क्रोध मनको सुख छिन्छ ।।
नम्रता असल हो मन धुन्छ।
शिष्टता सकलको मन छुन्छ ।।०५।।

कर्म रोज युगको फलदायी।
दूर फ्याँक्नुछ भने बहलाई।।
चेतले हित क्रिया नित गुन्छ ।
प्राप्तिले सकलको दिल छुन्छ ।।०६।।

छन्द : स्वागता
गण : र न भ गु गु
सङ्केत : SIS – III –  SII –  S –  S

वि.सं.२०८१ फागुन २४ शनिवार ०७:२१ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...