back
CTIZAN AD

कविता : नारीबाटै सबलपथको हुन्छ निर्माण धेर

वि.सं.२०८१ फागुन २४ शनिवार

1.3K 

shares

कविराज घिमिरे, चाँगुनारायण, भक्तपुर

नारी धर्ती गगन पनि हुन् विश्व ब्रह्माण्ड हाँक्ने
साह्रोगाह्रो जति हुन पुगोस् काँधमा काँध थाप्ने
यी हुन् गङ्गा मयल सबका नष्ट पार्छिन् धुएर
नारीबाटै सबल पथको हुन्छ निर्माण धेर ।।१

नारी बन्छिन् अथक सबला सिर्जनाकी मुहान
नारीलाई पलपल सधैँ डाक्छ हाँस्तै बिहान
नारी तोड्छिन् छलकपटका फाँट आफैँ खटेर
नारीबाटै सबलपथको हुन्छ निर्माण धेर ।।२

सम्झे मात्रै भुवनभरको कर्मको द्वार खुल्छ
कालोमैलो परपर हुँदै स्वच्छता बढ्न थाल्छ
नारी गर्छिन् सुखदपनका खेतमा बारबेर
नारीबाटै सबलपथको हुन्छ निर्माण धेर ।।३

टिक्ने छैनन् असुरजनले दृष्टि बाङ्गो बनाए
नाङ्गिन्छन् ती युगयुग सधैँ मानमा आँच लाए
नारी चोखो हृदय बटुली चढ्दछिन् शैल हेर
नारीबाटै सबलपथको हुन्छ निर्माण धेर ।।४

चुल्हो चौको वरिपरि रही हाँक्तछिन् राज्य नारी
लेख्छिन् पढ्छिन् सुयश कविता काव्य हुन् उच्च नारी
फालीदिन्छिन् कपट जहिल्यै हर्षलाई उनेर
नारीबाटै सबलपथको हुन्छ निर्माण धेर ।।५

छन्द : मन्दाक्रान्ता
गण : म भ न त त गु गु
सङ्केत : SSS – Sll – lll – SSl – SSl – S –S

 

वि.सं.२०८१ फागुन २४ शनिवार ०७:२० मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...