back

कविता : नारीबाटै सबलपथको हुन्छ निर्माण धेर

वि.सं.२०८१ फागुन २४ शनिवार

774 

shares
GLOBAL IME AD
NTC AD

कविराज घिमिरे, चाँगुनारायण, भक्तपुर

नारी धर्ती गगन पनि हुन् विश्व ब्रह्माण्ड हाँक्ने
साह्रोगाह्रो जति हुन पुगोस् काँधमा काँध थाप्ने
यी हुन् गङ्गा मयल सबका नष्ट पार्छिन् धुएर
नारीबाटै सबल पथको हुन्छ निर्माण धेर ।।१

नारी बन्छिन् अथक सबला सिर्जनाकी मुहान
नारीलाई पलपल सधैँ डाक्छ हाँस्तै बिहान
नारी तोड्छिन् छलकपटका फाँट आफैँ खटेर
नारीबाटै सबलपथको हुन्छ निर्माण धेर ।।२

सम्झे मात्रै भुवनभरको कर्मको द्वार खुल्छ
कालोमैलो परपर हुँदै स्वच्छता बढ्न थाल्छ
नारी गर्छिन् सुखदपनका खेतमा बारबेर
नारीबाटै सबलपथको हुन्छ निर्माण धेर ।।३

टिक्ने छैनन् असुरजनले दृष्टि बाङ्गो बनाए
नाङ्गिन्छन् ती युगयुग सधैँ मानमा आँच लाए
नारी चोखो हृदय बटुली चढ्दछिन् शैल हेर
नारीबाटै सबलपथको हुन्छ निर्माण धेर ।।४

चुल्हो चौको वरिपरि रही हाँक्तछिन् राज्य नारी
लेख्छिन् पढ्छिन् सुयश कविता काव्य हुन् उच्च नारी
फालीदिन्छिन् कपट जहिल्यै हर्षलाई उनेर
नारीबाटै सबलपथको हुन्छ निर्माण धेर ।।५

छन्द : मन्दाक्रान्ता
गण : म भ न त त गु गु
सङ्केत : SSS – Sll – lll – SSl – SSl – S –S

 

वि.सं.२०८१ फागुन २४ शनिवार ०७:२० मा प्रकाशित

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

दाङमा ‘तरङ्ग’ मुक्तक सङ्ग्रहको परिचर्चा

दाङमा ‘तरङ्ग’ मुक्तक सङ्ग्रहको परिचर्चा

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कृति समीक्षा...

कविता : प्रेमको जीत

कविता : प्रेमको जीत

लोगबहादुर टमट्टा जानकी गाउँपालिका –३, कैलाली गलत बाटो अपनाउँदा बाँच्न...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. पोल्छ छाती पलपल हरायो भोक निद्रा...

गजल

गजल

सुनिता बराल, काठमाडौं सधैँ एक मान्छे नजरमा थियो निकै दिव्य...

गजल

गजल

रमा खतिवडा,पोखरा जाली भ्रष्ट नेता जिताएर के भो? भाषण मात्र...