back
CTIZAN AD

उत्ताउला खड्ग प्रसाद !

वि.सं.२०८१ चैत १२ मंगलवार

1.6K 

shares

काठमाडौँ । पछिल्ला राजनीतिक आन्दोलनमा सबैभन्दा कम भूमिकामा देखिएका वर्तमान प्रधानमन्त्री खड्ग प्रसाद ओली कम जिम्मेवार बढी उत्ताउलो बन्दै गएका छन् । २०६२/६३ को आन्दोलन ताका “बयल गाडा चढेर अमेरिका पुग्नु र अहिलेको आन्दोलन सफल हुनु एउटै हो” भनेर दिएको अन्तरवार्ता अहिले पनि इन्टरनेटमा भेटिन्छ ।

सोमबार नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर आगोमा घिउ थपेका वर्तमान प्रधानमन्त्री खड्ग प्रसाद अझै उत्ताउलो बन्दै गएका छन् । हुन त सरकारमा हुँदा ओलीको विगत भाषणमा जति आशावादी देखिन्छ सरकारमा नै हुँदा र प्रतिपक्षमा हुँदासमेत उनले गर्ने क्रियाकलाप भने बिर्सन लायक देखिन्छन् । उनले कुलमानलाई यस्तो समयमा बर्खास्त गरेका छन् जुन समयमा सत्ता गठबन्धनका क्रियाकलापका कारण इतिहास बनिसकेका राजावादीहरूसमेत ठूलो सङ्ख्यामा राजतन्त्रको पुनर्स्थापनाको  पक्षमा आन्दोलन चर्काउन लागिरहेका छन् ।

प्रतिपक्षमा हुँदा सरकारलाई अशोभनीय गालीको वर्षा, सरकारमा हुँदा नि उस्तै

केही वर्ष अघि ओलीले आफू प्रतिपक्षमा भएको बेला तत्कालीन सरकारलाई ‘अलच्छिनी’ भएको बताएका थिए । उनले तत्कालीन प्रचण्ड नेतृत्वको सरकार बनेदेखि नै गाडी दुर्घटना भएको भन्दै आमसभामा नै कस्तो अलच्छिनी सरकार भनेर आफ्नो उत्ताउलोपना देखाएका थिए ।
अहिले काँग्रेस एमालेसहित प्रतिनिधि सभामा दुई तिहाइको नेतृत्व गरिरहेका ओलीले मङ्गलवार पनि प्रतिपक्षलाई गाली गर्न मानै व्यस्त देखिन्थे । उनको पार्टी निकटको इन्जिनियरहरूको कार्यक्रममा उनी प्रतिपक्षी दलहरूलाई काम गर्न व्यवधान गरिरहेको आरोप लगाई रहेका थिए । तर, उनी यति उत्ताउलो भएको देखिन्छ की उनले आफ्नै नेतृत्वको दुई तिहाइको सरकारसमेत बिर्सिरहेका छन् ।

संसद्मा प्रतिपक्षको उपेक्षा

प्रतिपक्षले काम गर्न नदिएको आरोप लगाउने तिनै ओली गत माघ २४ गते प्रमुख प्रतिपक्षी दलको नेताले संसद्मा सम्बोधन गरिरहँदा बालुवाटारमा मिस पविलगायतका टिकटकरहरुसँग रमाइरहेका थिए  । हुन त ओली प्रायः आफ्ना कुरा सुनाउनुपर्ने समयमा बाहेक संसद्मा कमै उपस्थित हुन्छन् । तर, उनी अरूको कुरा सुन्न भने त्यति रुचिकर देखिँदैनन् ।

कूटनीतिक मर्यादा विपरीत सत्यमेव जयते की सिंहमेव जयते भन्दै छिमेकीलाई गाली

तत्कालीन नेकपाको सरकार भएको बेला करिब दुई तिहाईको प्रधानमन्त्री बनेका ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषयमा संसद्को रोष्टमबाट उत्ताउलो पाराले भारतलाई सत्यमेव जयते कि सिंहमेव जयते ? भन्दै प्रश्न गरेका थिए । त्यसको केही महिना पनि नबित्दै तिनै ओलीले भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्त कुमार गोयललाई मध्यरातमा बालुवाटारमा मन्त्रणा गरेर भेटेका थिए ।

बलात्कार आरोपीको संरक्षण

बलात्कारको आरोप लागेका एमालेका नेता शेरधन राई, ऐन महर र महेश बस्नेतहरूलाई सत्ताको आडमा उन्मुक्ति दिइरहेका खड्ग प्रसादले केही महिना अघि एमाले पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय समितिको बैठकमा नै आफू योजना विनाको प्रधानमन्त्री भएको आशयको भनाइ राखेका थिए । “एमाले कहिल्यै सरकारमा आउन सक्दैन भनियो तर सरकारमा आयो ” ओलीले भनेका थिए । उनको जम्मा उद्देश्य प्रधानमन्त्री भएर नाम लेखाउनु मात्र हो । यो उनका क्रियाकलापले नै पुष्टि गरिरहेको छ ।

त्यस्तै तत्कालीन नेकपाको दुई तिहाइ को सरकार भएको बेला पार्टीभित्र आफ्नो विरोध गर्नेहरुलाई अराजकको संज्ञा दिएका ओलीले अफू नभए कुर्सी भाँचिदिने बताउँदै संसद् विगठन गरेका थिए । त्यसलाई पछि सर्वोच्च अदालतले उल्टाइदियो भने अदालतले नै नेकपा पनि विगठन गरिदिएको थियो ।

खड्ग प्रसादले उनकाे याे उत्ताउलाे गतिविधिलाई निरन्तरता दिइरहेभने उनले उनलाई र उनकाे पार्टीलाई त भड्खालाेमा हाल्ने नै छन्  तर देश नै भड्खालाेमा जाने हाे की भन्ने चिन्ता राजनीतिक क्षेत्रका जानकारहरूले  व्यक्त गरेका छन् ।

वि.सं.२०८१ चैत १२ मंगलवार १७:१९ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...