back
CTIZAN AD

कविता : नव वर्ष बनोस् हरा

वि.सं.२०८१ चैत २३ शनिवार

1.3K 

shares

कलानिधि दाहाल, रातोपुल, काठमाडौं

नयाँ वर्ष सधैँ ओर्ली बन्लाकिझैँ छ यो हरा
पिपिरा खातमा खात उम्रिदै छन् गरागरा ।
सिक्रा यी तरुमा झप्प पात छन् हरिया हुने
मान्छे चाकडीका छाड पत्नीका फरिया छुने ।१।

मन उल्लासमा उक्ल वसन्त वाग वागमा
विश्वास दिलका फुल्दै भित्रका अनुरागमा ।
बोक्राझैँ दाग उक्काऊँ हठ अन्तर छन् जति
हेमन्त अन्तको हुन्छ जन्त वसन्त हुन् मति ।२।

चरीका स्वर फेरिन्छन् हरियाली हुँदा हरा
पवित्र पालुवा मान्छे अनन्त यादको धरा ।
म धरा धारमा पाउ बाहु फैलाउँने पर
परको पारमा नै छ वसन्त सन्तको घर ।३।

न छाम छलका डाम न डामूँ छलले कतै
नागवेली नदीजस्तै छन् आनन्द यता कतै ।
तिनै आनन्दका नाम वसन्त वाग व्योममा
खोजे भेटिन्छ पाइन्न आकृति मन लोभमा ।४।

इष्र्या आँखा भए शान्त दिल क्लान्त भए कुना
बासना सालका पात बन्दछन् टपरी दुना ।
मुनाका तनमा हुन्नन् दुर्गन्धका कुनै कण
वसन्त वागझैँ शान्त बने मानिस सज्जन ।५।

बगे वसन्तका भाव वासन्तिक हुने कवि
जस्तो वसन्त उल्लास त्यस्तै हो कविको छवि।
दौडिनु पाउ पर्दैन सुदूर दूरमा लगी
आफैँभित्र छ सौन्दर्य आनन्दी पल सग्बगी ।६।

मग्मगाउँछ यो मान्छे भए चौडा वसन्तको
साँघुरा मन खुम्च्याए बन्छ शिशिर अन्तको ।
कयौँ मान्छे रमेका छन् सफा वसन्त नै बनी
कयौँ मान्छे गुमेका छन् भएरै छैन जीवनी ।७।

म बनूँ नबनूँ आफ्नै हातमा छन् सबै कुरा
बने वसन्तझैँ खुल्छु नबने छु छुचो छुरा ।
सुख्खा डाँडा यता देख्छु अहिले म हराभरा
नरमी पाइला टेक्छु हिँडेका यी गरागरा ।८।

गाईभैँसी यता पाडाबाछा फुर्फुर गर्दछन्
खुसी रहस्यका उम्री मुखले मुख चर्दछन् ।
आँसु बोक्रा बने हाँसो पालुवा पल्लवितमा
कोयली विश्व आवाज बनुन् सङ्गीत गीतमा ।९।

छन्द : अनुष्टुप

 

वि.सं.२०८१ चैत २३ शनिवार ०९:०० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...