back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत २३ शनिवार

810 

shares

स्वर्ण शिखा, दाङ

होहल्ला नयाँ छन् तमासा नयाँ छन्
उत्सव छैन बज्दै दमाहा नयाँ छन्

लाए खरबुजा र छुरीले मितेरी
बन्दै मित्रताका बहाना नयाँ छ्न्

निस्केछन् कुवाका फुटाएर भित्ता
खोज्दै भागुताले व्यवस्था नयाँ छन्

भै निर्लज्ज आफ्ना कुबुद्धि चलाऊ
नाङ्गालाई मिल्दै सुबिस्ता नयाँ छन्

बहुमतले बनाए सुगालाई कौवा
यी नेताले झिक्दै बखेडा नयाँ छन्

बहर ः घनु
अर्कानः मफ्ऊलातु फैलुन् फऊलुन् फऊलुन्
वजनः २२२१ – २२ – १२२ – १२२
अभ्यास ः परिश्रमी पाठशाला

वि.सं.२०८१ चैत २३ शनिवार ०८:५९ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...