back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत २३ शनिवार

1.2K 

shares

भूपाल अधिकारी, विराटनगर

साफ सुग्घर दिल भएकी एक सानी मन पर्यो
मुस्कुराई चित्त हर्ने उनको बानी मन पर्यो

बन्न सक्छन् दैत्य साँच्चै रातमा मान्छेहरू
हो त्यसैकारण मलाई नव बिहानी मन पर्यो

लट्ठ पार्ने होस हर्ने जादूगर्नी हौ तिमी
टल्किएको चाँदझैँ तिम्रो जवानी मन पर्यो

राष्ट्रघाती सर्पजस्तै बन्न थालेका हुँदा
देश भन्दै ज्यान त्याग्ने स्वाभिमानी मन पर्यो

खुब अनौठो रम्य लाग्यो इन्द्रधनुषी दृष्य नै
मन तरङ्गित पार्न सक्ने घामपानी मन पर्यो

बहर : रमल मुसम्मन महजुफ
अर्कान : फाइलातुन् फाइलातुन् फाइलातुन् फाइलुन्
वजन : २१२२ – २१२२ – २१२२ – २१२

वि.सं.२०८१ चैत २३ शनिवार ०९:०१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...