back
CTIZAN AD

गीत

वि.सं.२०८१ चैत २३ शनिवार

1.6K 

shares

बाबुराम न्यौपाने, ‘उत्स’ दमक, झापा

किन आज आँसु थोपा पानी बनी झर्यो
मनमा फुल्ने सुखचैन कसले किन हर्यो।

जीवनका उत्सवहरु डाको छोडी रुन्छन्
चिच्याउने आँट छैन बोल्दा कसले सुन्छन्
मेरो मनको फूलबारीमा आगो कसले झोस्यो
हाँस्ने गाउँने खुसी पल कसले किन खोस्यो ।

मनभित्रको अग्निज्वाला निभ्दैन रे किन
आँसु पनि आगो बन्छ झनझन पीडा दिन
मनबारीको डाँडाकाँडा डढेलोले खायो
गाइनेले आज साथी उदास गीत गायो ।

किन आज आँसु थोपा पानी बनी झर्यो
मनमा फुल्ने सुखचैन कसले किन हर्यो ।

 

वि.सं.२०८१ चैत २३ शनिवार ०९:०२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...