back
CTIZAN AD

कविता : शहरको कोलाहल भन्दा पर

वि.सं.२०८१ चैत २३ शनिवार

1.3K 

shares

निम्बतरु,अर्घाखाँची

शहरको कोलाहलदेखि धेरै टाढा
सिंहदरबार भन्दा कोसौँ टाढा
एउटा शान्त गाउँ छ
त्यहाँ कोलाहल छैन

जुलुस छैन साइरन बज्दैन
रातो लाइट बल्ने मोटर दौड्दैन
जहाँ भोक दौड्छ
जहाँ न्युनतम अभावहरू पनि हल्ला गर्दैनन्
बरु खुसीहरू रुन्छन्
घर बाहिर सुविधा बस्छ

 

धन्न शहरको रातो लाइटले सुनेको छैन आजसम्म
डर छ तिनीहरुले आए लुछ्न आइपुग्छन्
शहरको उद्वारकर्ताले देख्यो भने
डर छ हाम्रो दुःखहरूलाई ठुङ्न आइपुग्छन्
बच्चाहरूलाई भयभीत पार्दै भन्नू परेको छ
नरो !
पीडामा न चिच्चा !
हल्ला नगर
तेरो शहरको रातो लाइटले सुन्छ
चुप लाग्
अहिले सुन्यो भने

विभिन्न राहत लिएर हामीलाई बर्बाद पार्न आइपुग्छ
ब्लिंकगर्ने चेतावनी लाइटहरू आएर
उद्दारको नाममा

गुहार मागेको थाहा पाए भने
हामी बाँच्ने आधार थाहा पाउँछन्
रोएको सुने भने
हाम्रो खुसीको स्रोत थाहा पाउँछन्
थाहा पाए भने त्यो पनि खोस्छन्
जलाईदिन्छन् हाम्रो बस्तीको घाम
ध्वस्त पारिदिन्छन् हाम्रो भरोसाको भगवान

शहरको कोलाहलभन्दा धेरै पर
जङ्गलको छेउछाउ एउटा गाउँ छ
नरो
गाउँको शान्ति भंग गर्न
शहरका माफियाहरू आईपुग्छन्
आफ्नो नाम पनि नभन
नाम थाहा पाए भने
दुर्लभ, अल्पसंख्यक र पिछ्डिएका भनेर हेप्छन्
त्यो नाममा
उनीहरूले हाम्रो इलाका आरक्षण निकुञ्ज भन्छन्
लोपोन्मुख प्रजाति भनेर दिनानु सताउँछन्
त्यसकारण
नरो केटा नरो !

वि.सं.२०८१ चैत २३ शनिवार ०९:०३ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...