
चन्द्रावती अधिकारी,बाँके
छिटै आनीबानी र खाना फेरिन्छन्
हुँदा थोरै राम्रो घराना फेरिन्छन्
यहाँ यस्तै ज्याद्रो बनेको छ मान्छे
दुखी देख्दा उसका बहाना फेरिन्छन्
भयो हाम्रो नेपाल अर्कैको दासी
दिनैपिच्छे हाम्रा सिमाना फेरिन्छन्
असल हुन् झैँ गर्छन् सदन बाहिर नेता
सदनभित्र तिनका तराना फेरिन्छन्
कसैको पनि जीवन कहाँ हुन्छ उस्तै
रबैया फेरिन्छन् खजाना फेरिन्छन्
बहर ः अनुराग
अर्कान ः मफाईलुन् फैलुन् मफाईलुन् फैलुन्
वजन ः १२२२ – २२÷ १२२२–२२
काफिया ः आना
रदिफ ः भेटिन्छन्
अभ्यास ः स्वर्ण पाठशाला
वि.सं.२०८१ चैत ३० शनिवार ०९:०३ मा प्रकाशित