back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत ३० शनिवार

1K 

shares

चन्द्रावती अधिकारी,बाँके

छिटै आनीबानी र खाना फेरिन्छन्
हुँदा थोरै राम्रो घराना फेरिन्छन्

यहाँ यस्तै ज्याद्रो बनेको छ मान्छे
दुखी देख्दा उसका बहाना फेरिन्छन्

भयो हाम्रो नेपाल अर्कैको दासी
दिनैपिच्छे हाम्रा सिमाना फेरिन्छन्

असल हुन् झैँ गर्छन् सदन बाहिर नेता
सदनभित्र तिनका तराना फेरिन्छन्

कसैको पनि जीवन कहाँ हुन्छ उस्तै
रबैया फेरिन्छन् खजाना फेरिन्छन्

बहर ः अनुराग
अर्कान ः मफाईलुन् फैलुन् मफाईलुन् फैलुन्
वजन ः १२२२ – २२÷ १२२२–२२
काफिया ः आना
रदिफ ः भेटिन्छन्
अभ्यास ः स्वर्ण पाठशाला

वि.सं.२०८१ चैत ३० शनिवार ०९:०३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...