
प्रभा पोखरेल, अमेरिका
आँखाभित्र तिम्रो छँदैछैन पानी
डुब्दो घामझैँ भो फुलेको जवानी
यो संसार मेरो नभन्नू कसैले
जानैपर्छ एकदिन हुने हो खरानी
काँडा बिच झुलेको हुँ यौटा म बाला
आखिर बिघ्न झेल्नै हो यो जिन्दगानी
हामी कुन शहरमा हरायौँ अचानक
छोडी हात भिडमा गरी बेइमानी
फोटो हेर्छु तिम्रो र बुन्दैछु सपना
दिलभित्रै छु लेख्दै बितेको कहानी
बहर : घनु
अर्कान : मफ्ऊलातु फैलुन् फऊलुन् फऊलुन्
वजन :२२२१ – २२ – १२२ – १२२
काफिया : आनी
रदिफ : ०
वि.सं.२०८१ चैत ३० शनिवार ०९:०७ मा प्रकाशित