back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत ३० शनिवार

1.8K 

shares

प्रभा पोखरेल, अमेरिका

आँखाभित्र तिम्रो छँदैछैन पानी
डुब्दो घामझैँ भो फुलेको जवानी

यो संसार मेरो नभन्नू कसैले
जानैपर्छ एकदिन हुने हो खरानी

काँडा बिच झुलेको हुँ यौटा म बाला
आखिर बिघ्न झेल्नै हो यो जिन्दगानी

हामी कुन शहरमा हरायौँ अचानक
छोडी हात भिडमा गरी बेइमानी

फोटो हेर्छु तिम्रो र बुन्दैछु सपना
दिलभित्रै छु लेख्दै बितेको कहानी

बहर : घनु
अर्कान : मफ्ऊलातु फैलुन् फऊलुन् फऊलुन्
वजन :२२२१ – २२ – १२२ – १२२
काफिया : आनी
रदिफ : ०

 

वि.सं.२०८१ चैत ३० शनिवार ०९:०७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...