back
CTIZAN AD

लघुकथाः चिन्ताको निवारण

वि.सं.२०८१ चैत ३० शनिवार

2.4K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

“किन चिन्तित छस् ?”, साथीको मुहार देखेर पहिलोले प्रश्न गर्यो ।

“खै के भन्नु एउटा लफङ्गा जहिले आउँछ, अनेकथरी सोधेर मेरो आधाघण्टा समय खाइदिन्छ ।”, दोस्रो झनै चिन्तित बन्यो ।

“ए कुरो त्यसो पो…। ल एउटा कुरा भन्छु, मलाई राम्ररी जवाफ दे है त?” , पहिलोले कुरा निकाल्यो ।

“तँ पनि मेरो दिमाग खाने कुरा न गर् न…” , दोस्रोमा निराशाको बादल झन खप्टियो ।

“पहिला कुरा त सुन् …”, पहिलो ढिठ भयो ।

‘लौ भन..’ , दोस्रोले मन मारेर भन्यो ।

“एकछिनलाई मान् तँसँग ८६,४००।– रुपैया छ । कसैले त्यसबाट कसैले १,८००।– रुपैया चोर्यो भने कति बाकीँ रहन्छ ?”

“८४,६००।–” , दोस्रोले फ्याट्ट जवाफ दियो ।

“अनि १,८०० हरायो भनेर दिनभरि पुर्पुरोमा हात हालेर बस्छस् कि बाकीँ रकम सम्हाल्छस् ?”

“बाँकी सम्हाल्छु । किन कि हराएको १,८०० भन्दा मेरो लागि ८४,६०० ठूलो र महत्वपूर्ण हुन्छ ।”

“अब त्यो ८६,४००।–, १,८००।– र ८४,६००।– रकमलाई एक दिनसँग तुलना गर् त….” , पहिलोले उठ्दै भन्यो ।

दोस्रोको दिमाग झन झन्झनाउँदै थियो ।

(लघुकथामा अंकगणितीय प्रयोग)

वि.सं.२०८१ चैत ३० शनिवार ०९:०९ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...