back
CTIZAN AD

सुसेली : तुवाँलो

वि.सं.२०८१ चैत ३० शनिवार

2.9K 

shares

कृष्णदेव रिमाल, तारकेश्वर–१०,काठमाडौ

१.
धुलो तर्कियोस्
आकाश यो मैलो भो
पानी दर्कियोस् ।

२.
इन्द्र खै त नि
निज कर्म बिर्से कि !
सुकेँ मै पनि ।

३.
छोप्यो शहर
रैछ पापी तुवाँलो
लुट्यो रहर ।

४.
गफ न हान
पानी पार्न सकिन्छ
भन्छ विज्ञान ।

५.
गर्यो चीनमा
नेपाल चैँ सत्ताले
गाड्यो ऋणमा ।

६.
कुचो खोजेर
बढार्नु छ आकाश
सीप जानेर ।

७.
वायु चले पो !
सफा हुन्छ आकाश
जल छरे पो ।

८.
छैन सिँचाइ
चरचरी चिरियो
खेत रिसाई ।

९.
माथी छ जालो
प्यासी धरा रुँदैछिन्
औधी भो कालो ।

१०.
छिटै देखिए
नमः भन्छु भनेको
सूर्य छेकिए ।

वि.सं.२०८१ चैत ३० शनिवार ०९:१० मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...