back

सुसेली : तुवाँलो

वि.सं.२०८१ चैत ३० शनिवार

2.4K 

shares
GLOBAL IME AD
NTC AD

कृष्णदेव रिमाल, तारकेश्वर–१०,काठमाडौ

१.
धुलो तर्कियोस्
आकाश यो मैलो भो
पानी दर्कियोस् ।

२.
इन्द्र खै त नि
निज कर्म बिर्से कि !
सुकेँ मै पनि ।

३.
छोप्यो शहर
रैछ पापी तुवाँलो
लुट्यो रहर ।

४.
गफ न हान
पानी पार्न सकिन्छ
भन्छ विज्ञान ।

५.
गर्यो चीनमा
नेपाल चैँ सत्ताले
गाड्यो ऋणमा ।

६.
कुचो खोजेर
बढार्नु छ आकाश
सीप जानेर ।

७.
वायु चले पो !
सफा हुन्छ आकाश
जल छरे पो ।

८.
छैन सिँचाइ
चरचरी चिरियो
खेत रिसाई ।

९.
माथी छ जालो
प्यासी धरा रुँदैछिन्
औधी भो कालो ।

१०.
छिटै देखिए
नमः भन्छु भनेको
सूर्य छेकिए ।

वि.सं.२०८१ चैत ३० शनिवार ०९:१० मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु– ६ चुँदी, तनहुँ हाल चनपा ६ मातातीर्थ...

सुसेली

सुसेली

वासुदेव ठकुरी तारकेश्वर न.पा.–९, मनमैजु १ बिस्र्यो नभन तिमीलाई संझेर...

‎गजल

‎गजल

कुमार थापा, निजगढ, बारा ‎तिम्रै हुँ भन्छ्यौ प्रेयसी आधार खै...

गजल

गजल

धनसिंह गिरि, दाङ म लट्ठै छु देखेर तिम्रो जवानी छ...

गजल

गजल

तिलक ‘गाउँले’ तिलागुफा – ३, कालिकोट बनेकै हो बुबा प्यारो...

कविता : जिन्दगीका अवयवहरू

कविता : जिन्दगीका अवयवहरू

उत्तम विचार,टोखा, काठमाडौं कहरमै बित्यो लाग्छ जिन्दगी रहर पक्रिई भाग्छ...