
श्याम माकजू, भक्तपुर
गलत सन्धी गर्दा सिमाना फेरिन्छन्
भिखारी नेताका घराना फेरिन्छन्
झुटा मुद्धा खेप्दै हिँडेका छन् मान्छे
पहुँचवाला सबका बहाना फेरिन्छन्
रवैया देखाई बसेका छन् जो जो
दशा फिर्दा तिनका खजाना फेरिन्छन्
नजिक बस्ने जम्मै कहाँ हुन्छन् आफ्ना
छिरी दिलमा ताक्ने दिवाना फेरिन्छन्
सुखी बन्ने सबका रहर हुन्छन् किन्तु
पूरा हुन्नन् इच्छा निसाना फेरिन्छन्
बहर : अनुराग
अर्कान : मफाईलुन् फैलुन् मफाईलुन् फैलुन्
वजन : १२२२ – २२ / १२२२ – २२
काफिया : आना
रदिफ : फेरिन्छन्
अभ्यास : स्वर्ण पाठशाला
वि.सं.२०८१ चैत ३० शनिवार ०९:१२ मा प्रकाशित