back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत ३० शनिवार

978 

shares

श्याम माकजू, भक्तपुर

गलत सन्धी गर्दा सिमाना फेरिन्छन्
भिखारी नेताका घराना फेरिन्छन्

झुटा मुद्धा खेप्दै हिँडेका छन् मान्छे
पहुँचवाला सबका बहाना फेरिन्छन्

रवैया देखाई बसेका छन् जो जो
दशा फिर्दा तिनका खजाना फेरिन्छन्

नजिक बस्ने जम्मै कहाँ हुन्छन् आफ्ना
छिरी दिलमा ताक्ने दिवाना फेरिन्छन्

सुखी बन्ने सबका रहर हुन्छन् किन्तु
पूरा हुन्नन् इच्छा निसाना फेरिन्छन्

बहर : अनुराग
अर्कान : मफाईलुन् फैलुन् मफाईलुन् फैलुन्
वजन : १२२२ – २२ / १२२२ – २२
काफिया : आना
रदिफ : फेरिन्छन्
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८१ चैत ३० शनिवार ०९:१२ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...